free website hit counter

जसले सुन्दरताकै कारण जागिर पाएकी छैनन्…

beemaadmin
२०७८ भाद्र १५, मंगलवार

एजेन्सी । कोही मानिस यति सुन्दर हुन्छन् कि जसका अगाडि जो कोही नतमस्तक हुन्छन् । विश्वमा बेरोजगारी ठूलो समस्या हो । मानिस बेरोजगार हुनुका फरक फरक कारण हुन सक्छन् तर एक मोडलले आफू बेरोजगार हुनुको यस्तो अनौठो कारण बताएकी छिन् कि मानिसहरु सोच्न बाध्य भएका छन् । यी मोडलका अनुसार उनी यति सुन्दर र हट छिन् कि यही कारण उनले सामान्य जागिर पनि पाउन सकेकी छेनन् । डेली मिररको एक रिपोर्टअनुसार अमेरिकाको उत्तरी क्यारोलिनाकी ३२ वर्षीया एमी कुप्स नामकी एक मोडल १३–१४ वर्षका बालबालिकालाई पढाउने काम गर्थिन् । तर, जब ती बालबालिकाका अभिभावकलाई एमी ओन्लीफ्यान्स मोडल भएको थाहा भएपछि उनी यो जागिर छोड्न बाध्य हुनुपर्यो । एमीका अनुसार उनले यो काम छोडेपछि उनलाई सामान्य जागिर खोज्न पनि निकै कठिन भएको छ किनकि उनको सुन्दर लुकका कारण जागिरका लागि अन्तरवार्तामा समस्या आउँछ ।
एमीले भनिन् ‘यति हट हुनु सधैं मेरो लागि एक समस्या बनिरहेको छ । तर मलाई लाग्छ अब म आफैंमा यति आत्मविश्वासी भएकी छु कि म ती मनिसहरुलाई आत्तिने बनाउँछु जसले मेरो अन्तरवार्ता लिन्छन् ।’ एमीका अनुसार शिक्षिका बन्नुभन्दा पहिले उनी एक स्टोरमा जागिरको लागि अन्तरवार्ता दिन गएकी थिइन् । त्यहाँको म्यानेजरले उनलाई अफिसमा आउन भने । जब उनी अफिसमा गइन् म्यानेजरले उनको छाती र अनुहार घुरेर हेर्न थाले । उनको अनुहारमा पसिना थियो र उनी काँपिरहेका थिए । एमीका अनुसार केही बेरका लागि उनी त्यहाँबाट निस्किए । फर्किएपछि एमीको तारिफ गर्दै जागिर दिन अस्वीकार गरे । एमीलाई ओन्लीफ्यान्समा मोडलिङ गर्न मन पर्छ तर उनी केही अरु नै स्थायी काम गर्न चाहन्छिन् । उनका अनुसार पछिल्लो समय उनी जहाँ पनि अन्तरवार्ताको लागि गइन् त्यहाँका मानिसहरु उनलाई हेरेको हेर्यै हुन्थे । एमीका अनुसार उनको सुन्दरता र हटनेस देखेर पुरुषहरु आत्तिन्छन् । शायद यही कारण उनले काम पाइरहेकी छेनन् ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार