free website hit counter

जापान प्रहरीले समात्यो १५ अवैध नेपाली

beemaadmin
२०७६ माघ १५, बुधबार

टोकियो । जापानमा अहिलेसम्मकै ठूलो संख्यामा अवैध नेपाली कामदार पक्राउ परेका छन् । जापान प्रहरीले एकै पटक १५ जना अवैध नेपालीलाई पक्राउ गरेको हो । जापानको राजधानी टोकियो नजिकको एक कम्पनीमा कार्यरत नेपाली पक्राउ परेको बताइएको छ ।
बुधबार बिहान कार्यालय समय शुरु हुने बित्तिकै टोकियो इमिग्रेसशनको विशेष टोलीले कम्पनीमा छापा मार्दा भीषामा तोकिएको नियमभन्दा बाहिर गई काम गरेका ती नेपाली पक्राउ परेका हुन् । पक्राउ परेकाहरु बागलुङ, चितवन लगायतका जिल्लाका रहेको र अधिकांश कुकमा कार्यरत रहेको बताइएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार