free website hit counter

जापानमा कामदार लाने प्रक्रिया शुरु

beemaadmin
२०७६ भाद्र २५, बुधबार

भविन्द्र कार्की

काठमाडौ । जापान सरकारले विभिन्न मुलुकका आप्रवासी कामदारहरुलाई आफ्नो मुलुकका लागि आवश्यक विविध १४ विधाको कामका लागि विश्वभरका नेपाललगायत नौ मुलुकबाट कामदार लाने प्रकृया अन्तर्गत नेपालबाट केयर गिभरको कामका लागि कामदार लाने प्रकृया सुरु गरेको छ ।
औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गर्दै जापानले विभिन्न क्षेत्रमा कामदार लैजाने भए तापनि पहिलो चरणमा केयर गिभर लाने प्रकृया थालनी गरेको हो । जसका लागि कामदारले जापानी भाषा तथा सीप परीक्षा पास गर्नुपर्ने बताइएको छ ।
केयर गिभरका लागि नर्सिङ केयर र जापानी भाषा परीक्षा उतीर्ण गर्नुपर्ने जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ । नर्सिङ केयर गिभरमा जापान जान चाहनेले ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्ट’ अन्तर्गत ६० मिनेटमा ४५ वटा प्रश्नको लिखित उत्तर दिदै त्यसमा खरो उत्रनुपर्ने बताइएको छ ।
केयर गिभरका लागि हुने परीक्षामा ‘फन्डामेल्टल अफ केयर’को १०, ‘मेकानिज्म अफ द माइन्ड एण्ड बडी’ को ६, ‘कम्युनिकेशन स्किल’ को ४, ‘फिजिकल केयर’ को २० र प्रयोगात्मक अभ्यास अन्तर्गत पाँच वटा प्रश्नको उत्तर दिनुपर्नेछ । त्यसैगरी जापानी भाषा इभ्यालुएसन टेस्ट’ अन्तर्गत ३० मिनेटमा १५ वटा प्रश्नको उत्तर दिनुपर्नेछ । जसमा ‘टेक्निकल टम्र्स अफ केयर’ ५, ‘कम्युनिकेशन अफ केयर’ ५ र ‘डकुमेन्ट अफ केयर’को ५ गरी १५ अङ्कको भाषा परीक्षा दिनुपर्नेछ। भाषा र सीप परीक्षाका लागि एक हजार जापानी येन दस्तुर बुझाउनुपर्ने बताइएको छ ।
केयर गिभरका लागि लिइएको परीक्षा सम्पन्न भएको एक महीनापछि नतिजा सार्वजनिक हुने जसमा कम्तीमा ६० प्रतिशत अङ्क प्राप्त गर्ने परीक्षामा उतीर्ण हुने जापानी श्रम मन्त्रालयले जनाएको छ । नेपालमा कात्तिक १० देखि १२, १९ देखि २१ र २६ देखि २८ गतेसम्म परीक्षा सञ्चालन हुने बताइएको छ ।
नेपाल सरकार र जापान सरकारबीच गत चैत ११ गते नेपाली श्रमिक पठाउने सम्बन्धी ‘सहयोग समझदारी’ (एमओसी)मा हस्ताक्षर भएको हो । परीक्षाका आवेदन दिने विषयमा आगामी असोज १५ गतेभित्र जानकारी दिइने बताइएको छ ।
जापानले १४ वटा कार्यक्षेत्रमा विदेशी श्रमिक भित्र्याउने नीति अन्तर्गत कृषि, नर्सिङ केयर, सवारी सधान मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेशिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योगमा आप्रवासी कामदार लैजाने भएको छ । जसमा नेपाली कामदारका लागि सबै क्षेत्रमा काम खुृला गरिएको छ । नेपालबाट दक्षिण कोरियामा व्यवस्थित रुपमा कामदार लैजाने प्रकृया सुरु भएको धेरै समय वितिसकेको र त्यस क्षेत्रबाट उच्चदरको रेमिट्यान्स समेत नेपाल भित्रिएको सन्दर्भमा जापानमा जाने नेपाली कामदारको कमाइ उच्च हुने, श्रमिकको सुरक्षा र सामाजिक सम्मान पनि राम्रो हुने आशामा जापान जान धेरै नेपाली कामदार लालायीत हुने निश्चित छ ।
नेपालबाट जापानमा काम लागि जाने विषय सुनिश्चित भए तापनि कुन कुन क्षेत्रमा कति कामदारको माग रहेको छ भन्ने विषयको अझै अझै टुङ्गो लागेको छैन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार