free website hit counter

जापानमा कोरोनाका कारण १२ को मृत्युम ५७ जनाको अवस्था चिन्ताजनक

beemaadmin
२०७६ फाल्गुन २१, बुधबार

टोकियो । नेपाली श्रमिकहरुको बाक्लो उपस्थिति रहेको मुलुक जापानमा कोरोना भाइरसबाट संक्रमितको संख्या एक हजार भन्दा बढी पुगेको छ । फागुन २१ गते बुधबार बिहान ७ बजे सम्ममा जापानभर संक्रमितहरूको संख्या १ हजार पुग्दा मृत्यु हुनेको संख्या १२ रहेको जापानको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पुष्टि गरेका छन् । यसैगरी हाल ५७ जना संक्रमितहरुको अवस्था चिन्ताजनक रहेको र उनीहरूको उपचार भइरहेको अधिकारीहरुलाई उद्धृत गर्दै जापानी समाचार संस्था एनएचके टेलिभिजनले समाचार प्रशारण गरेको छ ।
हालसम्म संक्रमित मध्य ४३ जना स्वास्थ्यलाभ गरेर अस्पातलबाट डिस्चार्ज भएको बताइएको छ ।
जापानको होक्काइदो क्षेत्र कोरोना भाईरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित हुँदा त्यहाँका ७९ जना व्यक्तिमा संक्रमण पाइएको छ । होक्काइदोपछि आइची र राजधानी टोकियो कोरोना भाईरसको चपेटामा परेको पाइन्छ । टोक्यो संगै कानागावा क्षेत्रमा पनि कोरोना भाइरसको संक्रमण बढी पाइएको छ ।
आइची प्रिफेक्चरमा ४१ जना संक्रमित पुष्टी हुँदा टोकियोमा ४० जना कोरोना भाईरसबाट संक्रमित पुगिसकेका छन् ।
यसैगरी कानागावामा ३१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको जापानी अधिकारिहरुले जनाएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार