free website hit counter

जापानमा लुटिइन नेपाली युवती

beemaadmin
२०७६ फाल्गुन १६, शुक्रबार

जापान । जापानको गिफुमा नेपाली युवतिलाई कुटपिट गरेर सेभेन इलेभेनबाट एक ब्यक्तिले लुटपाट गरेका छन् । नेपाली पार्ट टाइम कर्मचारी रहेको सेभेन इलेभेन कन्भिनियन्स स्टोर (कोम्बिनी) मा लुटपाट भएको हो । गिफु स्थित ताजिनमा रहेको सेभेन इलेभेनको गिफुताजिन शाखामा यही फेब्रुवरी २६ तारिक विहान पौने पाँच बजेको समयमा परिचय नखुलेको एक पुरुषले सो कन्भिनियन्स स्टोरमा काम गरिरहेकी २२ बर्षिय नेपाली युवतीलाई हातपात गरेर लुटपाट गरेका हुन । ति ब्यक्तिले कुटपिट गरेर २ मान येन लुटेर लगेको जापानी समाचारसस्थाहरुले उल्लेख गरेका छन ।
सो स्टोरमा पार्ट टाइम काम गरिरहेकी ति युवतीलाई कुनै चोटपटक भने नलागेको समाचारमा उल्लेख छ । लुटपाट गर्ने गर्ने पुरुषको खोजी भैरहेको प्रहरीलाई उधृत गर्दै समाचारमा जनाइएको छ । घटना भएको समयमा नेपाली युवति सो स्टोरमा एक्लै काम गरिरहेको समाचारमा उल्लेख छ ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार