free website hit counter

जीउन सिकाउने दुई कृति विमोचित

beemaadmin
२०७६ मंसिर ४, बुधबार

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी एवं नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डा. नम्रता पाण्डे र डा. प्रद्युम्नराज पाण्डेका दुई कृति रहस्य ः जीवन र प्रेम एवं ऊर्जाको सम्युक्त रुपमा कृति विमोचन गर्नुभयो । कार्यक्रममा समालोचक एवं सर्जक डा. राम प्रसाद ज्ञवालीले ऊर्जा कृतिमाथि समिक्षा गर्नुभएको थियो भने डा.लेखप्रसाद निरौलाले रहस्य ः जीवन र प्रेममाथि समिक्षा गर्दै भन्नुभयो– व्यक्तिमा रहेको ऊर्जालाई जागृत गरेर समाजका विभिन्न क्षेत्रमा फैलाउने कोशिस गर्यौं भने सत्कर्मको माध्यमबाट सबैतिर प्रकाशमय बनाउन सकिन्छ । बिभिन्न आयामको माध्यमबाट ऊर्जा बिऊको रूपमा हामीभित्र रहेको छ त्यसलाई वृक्ष बनाउनको लागि फैलन दिनुपर्छ । हाम्रा सत्कर्म र सकारात्मक सोचाई नै ऊर्जालाई प्रवाहमान बनाउने माध्यम हुन् । ऊर्जा विना कुनैपनि सृजनात्मक कार्य सम्भव छैनन् । सृजनात्मक हुनु आफैमा ऊर्जालाई जागृत गराउनु हो र ऊर्जा जागृत भएपछि व्यक्ति सृजनात्मक हुन्छ त्यसैले सृजना (कर्म) र ऊर्जा एकआपसमा सम्बन्धित छन् । बाहिर नदेखिने तर भित्रबाट सृजनात्मक र प्रेमिल बनाईरहने आफूभित्रको ऊर्जाको पहिचान गरी निरन्तर लगनशीलता र इमान्दारीतापूर्वक कर्म गरी सत्यम्, शिवम् र सुन्दरमको भाव जागृत गर्दै जीवनमा सकारात्मक रूपान्तरण ल्याउने सूत्रहरू समेटिएको निबन्धात्मक कृति हो ऊर्जा ।
जीवन वास्तवमै रहस्यमय छ र रहस्य जहिले पनि सानो कुरामा छिपेको हुन्छ । प्रेम त्यो रहस्यलाई उजागर गर्ने एउटा शसक्त माध्यम हो । हामीले जतिनै परिश्रम गरेर, अनेक तिकडम लगाएर भौतिक सुविधा र सम्पन्न भएको ठाने पनि उसको कृपा विना श्वासप्रश्वास पनि चल्दैन । बाहिरी शिक्षा, योग्यता, पद, अनुसन्धान, विज्ञान आदिको विकास गरी पृथ्वीबाट चन्द्रमा नै पुगेर वस्ती बसाउने खुबी राखेको भए पनि त्यसभित्र अस्तित्वको अदृष्य ऊर्जाको रहस्य लुकेको छ । तर, जीवनमा केहि पाउनकै लागि जीवनभरको प्रयासमा जीवन नै जिउन बिर्सने हामीहरुलाई यो रहस्यको ज्ञात नहुन सक्दछ । किनकी ठूला ठूला परिणाम हात पारेर रेकर्ड तोड्न लागि परेका हामीहरुलाई अस्तित्वले अटुट रुपमा, निशुल्क उपलब्ध गराएको अक्सिजनको कारण यो घडीमा जीवित छौँ र यो नै जीवन हो भन्ने ख्याल नहुन सक्छ । जुन दिन अस्पतालको सैय्यामा नाकमा अक्सिजनको पाइप जोडेर सिलिण्डरको सहायताले स्वाश लिनुपर्ने अवस्था आउँछ त्यतिबेला थाहा हुन्छ प्रकृतिले बिना मागे उपलब्ध गराएको उपहार । अहिले हामीलाई यी सब कुराको ख्याल छैन किनकी हामी कसरी सुविधा सम्पन्न, इज्जतपूर्ण र अरुको अगाडि सभ्य र भव्य जीवन देखाउन सकिन्छ भन्दै प्रयासरत छौँ । हामीले हाँसिल गरेका उपलब्धि महान र प्रकृति प्रद्दत सारा चिजहरु सामान्य लाग्ने दिनसम्म उसको रहस्यमय ऊर्जाको अनुभूति वोध हुन सक्दैन । के हुन् ती रहस्यमय सूत्रहरु जसलाई जीवनमा सहज तरिकाले अपनाउँदा जीवन प्रेमपूर्ण र आनन्दित रुपमा जिउन सकिन्छ भन्ने कुराहरुलाई रहस्य ः जीवन र प्रेम कृतिभित्र समेटिएका छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार