free website hit counter

निवर्तमान उपाध्यक्ष श्रेष्ठको नेतृृत्वमा जीवन बीमक संघ, उपाध्यक्षमा सिटिजन लाईफ इन्स्योरेन्सका सिईओ पोषकराज

beemaadmin
२०७७ कार्तिक २८, शुक्रबार

काठमाडौं । जीवन बीमक संघ नेपालको प्रथम साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । साधारण सभाले मेट लाईफ इन्स्योरेन्स कम्पनीका शाखा कार्यालय प्रमुख निर्मलकाजी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । शाखा प्रमुख अध्यक्ष रहेको संघमा नेपालमा दर्ता भएका जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु पदाधिकारी तथा सदस्य छन् । निवर्तमान उपाध्यक्ष श्रेष्ठको नेतृृत्वमा उपाध्यक्षमा सिटिजन लाईफ इन्स्योरेन्सका सिईओ पोषकराज पौडेल, महासचिवमा सन नेपाल लाइफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल निर्वाचित भएका छन् भने कोषाध्यक्षमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका प्रविन रमण पराजुली निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरुमा ज्योति लाइफ इन्स्योरेन्सका सिईओ प्रकाश विक्रम खत्री, राष्ट्रिय बीमा संस्थानका प्रसासक कवि प्रसाद पाठक, युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण, गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई, आईएमइ लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल निर्वाचित भएका छन् ।
बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जीवन बीमा क्षेत्रको सम्रग विकासको लागी बीमकहरु, संघहरु र समिति आपसमा मिलेर काम गर्नु पर्ने बताउँदै नयाँ निर्वाचित कार्य समितिलाई आगामी कार्यकालको लागी बधाई तथा शुभकामना दिए ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईले जीवन बीमा क्षेत्रको उल्लेख्य वृद्धीसँगै मुख्य गरि व्यतित बीमालेख कम गर्ने तथा अभिकर्ताको व्यवसायिकता र व्यवस्थापनमा सुधार गर्नु पर्ने चुनौती रहेको वताउँदै नयाँ निर्वाचित कार्य समितिलाई आगामी कार्यकालको लागी बधाई तथा शुभकामना दिए ।

Advertisement
Advertisement

नव निर्वाचित अध्यक्ष निर्मल काजी श्रेष्ठले सबैलाई धन्यवाद ज्ञापन गर्दै सवै मिलेर बीमा क्षेत्रको व्यवसायिक विकास र नविनतम कार्यक्रमहरु संचालन गर्न तथा चुनौतीको मिलेर सम्वोदन गर्न समन्वय गर्दै अगाडी वढ्ने प्रतिवद्धता व्यक्त गरे ।

Advertisement
Advertisement

सम्बन्धित समाचार