free website hit counter

जीवन बीमकको तीन महिनाको नाफा २ अर्ब नजिक

beemaadmin
२०८२ मंसिर ४, बिहीबार

काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले २ अर्ब नजिक नाफा आर्जन गरेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्टअनुसार १ अर्ब ९७ करोड २४ लाख ५४ हजार नाफा आर्जन गरेका हुन् । गत आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमाससम्ममा कम्पनीहरुले १ अर्ब ९२ करोड ४१ लाख २१ हजार नाफा आर्जन गरेका थिए । असोजसम्ममा सबैभन्दा बढी नाफा कमाउनेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले २५ करोड ८५ लाख नाफा आर्जन गरेको हो । यस्तै, धेरै नाफा कमाउनेको दोस्रोमा सन नेपाल लाइफ रहेको छ । कम्पनीले २३ करोड ९२ लाख नाफा आर्जन गरेको हो । त्यस्तै, तेस्रो धेरै नाफा कमाउनेमा नेपाल लाइफ रहेको छ । असोजसम्ममा कम्पनीले २१ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यसैगरी, असोज मसान्तसम्ममा आइएमई लाइफले १५ करोड ८३ लाख, एसियन लाइफले १५ करोड २५ लाख, सानिमा रिलायन्स लाइफले १४ करोड ९६ लाख, नेशनल लाइफले १४ करोड ८ लाख नाफा आर्जन गरेका छन् । यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सले १३ करोड १४ लाख, सुर्यज्योति लाइफले १२ करोड ८० लाख, हिमालयन लाइफ १२ करोड ७७ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेसनले १० करोड ८३ लाख, मेट लाइफले ९ करोड ७१ लाख, प्रभु महालक्ष्मी लाइफले ६ करोड ३७ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले १२ लाख १२ हजार नाफा कमाएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार