काठमाडौं । बीमा समितिले नेतृत्व पाएसँगै समितिको सक्रियता बढेको छ । बीमा व्यवासयलाई मर्यादित र स्वस्थ प्रतिस्पर्धाका साथ अघि बढाउने योजनामा रहेको समितिले समय सापेक्ष नियम कानुन पनि परिमार्जन गर्दै लगेको छ । बीमा समितिले जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । समितिले बीमालेख स्वीकृति प्रकृयालाई सरलीकृत र व्यवस्थित बनाई एकरुपमा कायम गर्न बीमा ऐन अनुसार निर्देशिका जारी गरेको जनाएको छ । निर्देशिका अनुसार अब बीमालेख तयार पार्दा बजार अनुसन्धानको प्रतिवेदन, जोखिमको पहिचान, आंकलन तथा न्युनीकरण सम्बन्धी योजना, बीमालेख बजारीकरण योजना र न्युनतम ३ वर्षको वित्तीय प्रक्षेपण बीमालेखको व्यवसायिक योजना तयार पार्नु पर्दछ ।
जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ को पुर्ण पाठ