काठमाडौं । जेठको पहिलो दिन सुनको भाउ महंगिएको छ । सोमबार सुन तोलामा २०० रुपैयाँले बढेको हो । यस दिन चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको भाउ भने स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख १० हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । चाँदीको मूल्य भने लगातार दोश्रो दिन स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँ कायम रहेको छ ।