free website hit counter

जो अमेरिकामा सबैको सारथी बनेका छन्

beemaadmin
२०७८ मंसिर ९, बिहीबार
  • मुकुन्द सुवेदी, न्यूयोर्क

संसारको सपनाको देश अमेरका आएपछि हरेक मासिनको चाहना डलर कमाउने, आफन्तलाई बोलाउने र मोजमस्तीमा रमाउने नै हुन्छ । यहाँको व्यस्त जीवनले उसले न समाज र दशेलाई केही गर्न सक्छ न त अरुलाई नै । बरु विस्तारै ऊ आफ्नो देशको लागि बिरानो हुँदै जान्छ । तर आम नेपाली भन्दा पृथक बनेर छुट्टै पहिचान बनाएका छन् सान फ्रान्सिस्कोमा बस्ने उत्तम कार्कीले । नेपालको थातथलो सोलुखुम्बु भएका कार्की अमेरिकामा झण्डै तीन दशक अगाडि आएका थिए । व्यवसाय र सामाजिक काममा उत्तिकै जमेका उनलाई नेपाली, भारतीय, पाकिस्तानी समुदायले मात्र होइन अमेरिकी राजनीतिज्ञ, स्थानीय समुदायले समेत उत्तिकै सम्मान गर्दछन् । जस्तोसुकै समस्यामा परेका व्यक्तिलाई सहयोग गर्न पछि नहट्ने उनलाई श्रीमती, छोरा, छोरी सबैको पूर्ण समर्थन रहेको छ ।
हुन पनि मानिससँग पैसा हुँदा मात्र सबथोक हुने होइन, त्यसलाई सदुपयोग गरेर समाजलाई केह दिन सकिन्छ भन्ने उदाहरण कार्कीले बनाएका छन् । क्यालिफोनिर्यामा नेपाली सामुदायिक भवन निर्माणका लागि जग्गा खरिद गरिदिए । जसका लागि उनले नेपाली समुदायको मन जिते रकम संकलन गरेर त्यसलाई एक ठाउँमा जोडिदिएका हुन् ।
त्यसो त समाज सेवामा मानिसको मन हत्तपत्त गाडिन पनि सक्दैन, समाज सेवा गर्छु भन्ने भावना मन भित्रैबाट आउनुपर्छ जुन कार्कीसँग छ । नेपालमा आफ्नो परिवार, नातागोता, राजनीति र सामाजिक काममा सक्रिय भएकोले आफूलाई पनि गर्न मन लागेको र अमेरिकामा पनि निरन्तरता दिएको कार्की बताउने गर्छन । उनको कामले परदेशमा नेपालीहरुलाई फाइदा त पुगेको छ अरु त्यसमा अन्य समुदायले पनि नेपाली को हुन् के गर्दा रहेछन् भन्ने थाहा पाउनु गौरवको कुरा पनि हो ।


भगवान श्रीकृष्णले अर्जुनलाई गितामा भन्नुभएजस्तै, कर्म गर फलको आशा नगर, भन्ने उपदेश कार्कीमा लागू हुन्छ । नेपालीलाई परेका समस्या समाधानमा कार्की क्यालिफोर्नियामा मात्र होइन टेक्सस, न्यूयोर्क, कोलोराडोलगायतका राज्यमा पनि उत्तिकै सक्रिय छन् । सबै नेपाली एकजुट हुनुपर्छ भन्ने मानयतामा रहेका उनी नेपालमा पनि उत्तिकै सहयोगको हात बढाएका छन् । उनले २०७२ सालको विनाशकारी भूकम्पका बेला होस् वा बाढी पहिरो आउँदा होस् सदैब मातृभूमिलाई सहयोग पठाउने गरेका छन्, जुन कार्य अहिले पनि जारी छ । नेपालीहरुको मौलिकता नगुमोस् भनेर उनले चाडपर्व, जात्रा र अन्य अवसरहरुमा सबैलाई एकताबद्ध हुन र रमाइलो गर्न समेत प्रेरित गर्ने गरेका छन् ।
सन् २०१४ मा अमेरिकी राष्ट्रपति बाराम ओबामाबाट ‘प्रेसिडेन्टल भोलेन्टेरिङ अवार्ड’ प्राप्त गरेका उनले पाएका अन्य सम्मान र प्रमाणपत्र घरभरि देख्न सकिन्छ । ‘मेरो एउटै उद्देश्य नेपालीलाई कसरी अमेरिकाको मुलधारको राजनीतिमा सक्रिय गराउने भन्ने हो, जसले हामीलाई पहिचान दिन सकोस् र आउने पुस्ताका लागि सजिलो बनोस्, कार्की भन्छन् ।
श्रीमती लक्ष्मी कार्की, एक छोरा र छोरीका पिता उनी गैर आवासीय नेपाली संघका पनि अग्रज हुन् । संसारभर बस्ने नेपाली एकजुट हुनुपर्छ जो जहाँ जसरी बसे पनि पहिचान जोगाएर । उनको भनाई छ, हरेक समुदायमा आपसी विवाद, पतिस्पर्धा र समस्या हुन्छ तर वार्ताको माध्यमबाट समाधान खोज्नुपर्छ ।
अमेरिका सबैकोलागि सपनाको मुलुक हो, पछिल्ला वर्षहरुमा नेपालीहरुको संख्या धेरै नै बढिरहेको छ । त्यसैले समस्याहरु थपिँदै छन्, उनको सुझाव छ, काम शुन्यबाट शुरु गर्ने, कडा परिश्रम गर्ने, आफ्नो कमाईलाई सही सदुपयोग गरेर भविष्यामा राम्रो व्यवसायी अथवा पहिचानवाला नेपाली बनेर देखाउने यहाँ अवसर नै अवसर छन्, तिनलाई टिप्न जान्नुपर्छ ।
अमेरिकामा श्रम, धैर्यता, लगाव, इच्छाशक्ति र गुणात्मक सेवा जसले पु¥याउन सक्छ ऊ नै सफल हुन्छ, कार्कीको मुलमन्त्र छ । त्यसो त नेपालको अवस्था देखेर उनी सधैं चिन्तित हुन्छन् । हामी भन्दा हरेक कुराले पछाडि परेका मुलुकहरु अहिले आधुनिक विकासले धेरै अगाडि फड्को मारिसके, हामी चाहिँ जहाँको त्यही नै छौं, यसो भन्दै गर्दा पछाडिको कुरामा फर्केर चिन्ता मानेर पनि काम छैन । नेताहरुले आपसी सहमति गरेर एउटा ठोस योजना ल्याउनुपर्छ, जसले हामीलाई एउटा सुनौलो भविष्य कोर्न सहयाग पुगोस् ।
नेपालमा प्रशस्त सम्भावना छ भनेर मात्र हुँदैन त्यसलाई एउटा खाका तयार गरेर कार्यान्वयन गर्नुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा नेपालीको पहिचान नकारात्मक हुँदै गएकोमा त्यसलाई सम्मानित बनाउन प्रवासमा हुने नेपालीहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने कार्कीको सुझाव छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार