free website hit counter

ज्योति लाइफका ग्राहक, कर्मचारी, अभिकर्ता तथा शेयरधनीलाई टेलरिङ्गमा २० प्रतिशत छुट

beemaadmin
२०७७ माघ २०, मंगलवार

काठमाडौं। व्यवसाय विस्तारसँगै आफ्ना अभिकर्ता, कर्मचारी तथा शेयरधनीलाई ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अन्य क्षेत्रमा पनि सुविधाको व्यवस्था मिलाउन थालेको छ ।

यही सिलसिलामा मेरिना इम्पेक्स एण्ड टेलरिङ्गसँग सर्टिङ सुटिङ तथा टेलरिङ सेवामा तथा बीमा सेवाका लागि द्विपक्षिय सेवाको लागि साझेदारीपत्रमा संझौता भएको छ। कम्पनीले आफ्ना ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा दिने क्रममा यस्तो संझौता गरेको हो।

Advertisement
Advertisement

उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई प्रदान गरिने बिशेष कार्ड ज्योति केयर्स कार्ड बाहक ग्राहक तथा निजका परिवारका सदस्यहरुले मेरिना इम्पेक्स एण्ड टेलरिङ्ग सेन्टरको सञ्जाल भित्र आबद्ध भएका देशका विभिन्न स्थानमा रहेका ४ वटा भन्दा बढी शाखाहरुमा सर्टिङ सुटिङ तथा टेलरिङ्ग सेवामा २० प्रतिशतको छुट प्राप्त गर्नेछन्।

Advertisement
Advertisement

संझौता अनुसार मेरिना इम्पेक्सका कर्मचारीहरुको बीमा ज्योति लाईफले गर्ने छ। यस सम्झौताले कम्पनीसंग आबद्ध सम्पूर्ण व्यक्तिहरुले सर्टिङ सुटिङका लागि मेरिना इम्पेक्सको सेवा सुविधा सुपथ मुल्यमा प्राप्त गर्न सक्ने छन्। सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्सका कर्पोरेट सोलुसन बिभाग प्रमुख सनन्दन पोखरेल तथा मेरिना इम्पेक्स एण्ड टेलरिङ्ग सेन्टरका कार्यकारी निर्देशक मोहन मान जोशीले हस्ताक्षर गरेका छन्। उक्त कार्यक्रममा दुवै कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार