free website hit counter

ज्योति लाइफको आईपीओमा नयाँ रेकर्ड

beemaadmin
२०७७ फाल्गुन २७, बिहीबार

काठमाडौं । शेयर बजारमा ज्योति लाइफ इन्स्योरेन्सले नयाँ रेकर्ड कायम गरेको छ । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदनको नयाँ रेकर्ड कायम भएको हो। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार उक्त इन्स्योरेन्सको आइपीओमा १८ लाख भन्दा बढीले आवेदन दिएका छन्। जुन आइपीओमा परेको हालसम्मकै धेरै आवेदन हो।

क्यापिटलको अनुसार बुधबार साँझसम्ममा उक्त इन्स्योरेन्सको आइपीओमा १८ लाख ४ हजार ६४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७१० कित्ता आइपीओ खरिदको लागि आवेदन परेको छ। यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको ५९ लाख ४० हजार कित्ताको ६.४० गुणा बढी हो । कम्पनीले फागुन २१ गते देखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको छ ।

Advertisement
Advertisement

त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

Advertisement
Advertisement

कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले ‘केयरएनपी९आइआर बीबी प्लस’ रेटिङ्ग प्रदान गरेको छ। यसले समय नै कम्पनीको दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित रहेको जनाउँछ। हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। सर्वसाधारणलाई आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

सम्बन्धित समाचार