free website hit counter

ज्योति लाइफको बीमाशुल्क संकलनमा उल्लेख्य वृद्धि

beemaadmin
२०७६ माघ १४, मंगलवार

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा उल्लेख्य रुपमा बीमा शुल्क वृद्धि गरेको छ । दोस्रो त्रैमाससम्ममा ७२ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३४।६९ प्रतिशत वृद्धि गरेको हो ।

इन्स्योरेन्सको खुद बीमाशुल्क वृद्धिमा राम्रो प्रगति गरे पनि खुद नाफा भने सामान्य मात्र बढेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सले ६ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४
लाख ३७ हजार बढी हो।

१ अर्ब ५४ करोड चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ३३ करोड ४६ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, इन्स्योरेन्सको जीवन बीमा कोषमा १ अर्ब २० करोड र महा विपत्ती जगेडामा ३ करोड ७२ लाख रुपैयाँ रहेको छ।

पुस मसान्तसम्ममा इन्स्योरेन्सले २ अर्ब ४६ करोड ३० लाख रुपैयाँ दीर्घकालीन लगानी तथा कर्जा प्रवाह गरेको छ भने २६ करोड ५२ लाख रुपैयाँ अल्पकालीन लगानी तथा कर्जा परिचालन गरेको छ। इन्स्योरेन्सले लगानी कर्जा तथा अन्यबाट ५ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ करोड ७१ लाख रुपैयाँ बढी हो।सो अवधिसम्ममा इन्स्योरेन्सले बीमा लेखको धितोबापत ७ करोड ६२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट इन्स्योरेन्सले १७ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ।

पुस मसान्तसम्ममा इन्स्योरेन्सको कुल कायम बीमालेख संख्या ३६ हजार ६६३ रहेको छ। कम्पनीले सो अवधिसम्ममा १९ दाबीबापत ४६ लाख १५ हजार रुपैयाँ भुक्तानी गरेको छ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार