free website hit counter

ज्योति लाइफको मुनाफा जगेडा कोषमा

beemaadmin
२०८० श्रावण १८, बिहीबार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले साविकको ज्योति लाइफको मुनाफा जगेडा कोषमा राख्ने निणर्य गरेको छ । कम्पनी सञ्चालक समितिको आज साउन १७ गते बसेको बैठकले उक्त निणर्य गरेको हो । आर्थिक वर्ष २०७९÷८० को साउन १ देखि पुस ६ गतेसम्ममा साविकको ज्योति लाइफ मुनाफामा रहेको र सो मुनाफा रकम मर्जर पश्चात बनेको कम्पनीको सूर्यज्योति लाइफको जगेडा कोषमा राख्ने निणर्य गरेको कम्पनीले जनाएको छ । यस्तै साविकको ज्योति लाइफको पूँजी, रिजर्भ, लगानी रकम, जीवन बीमा कोषलगायत सम्पूणर् सम्पत्ति तथा दायित्व सूर्यज्योति लाइफ इन्स्योरेन्समा समायोजन गर्ने कम्पनी सञ्चालक समितिको बैठकले निणर्य गरेको छ । साविकको ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्सबीच मर्जर सम्पन्न भएर गत पुष ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार शुरु गरेको थियो ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार