free website hit counter

ज्योति लाइफले गर्यो अभिकर्ताहरुसँग अन्तरक्रिया

beemaadmin
२०७७ श्रावण १८, आईतवार

नारायणगढ । स्थापनाको छोटो समयमै आफ्नो व्यवासायिक सफलता तिर अघि बढेको ज्योति लाइफ इन्स्योरेन्सले सामाजिक उत्तदरायित्वका कामसँगै अभिकर्ताहरुको दक्षता अभिवृद्धि गर्ने कार्यलाई पनि सँगसँगै अघि बढाएको छ ।

ज्योति लाइफ इन्स्योरेन्सको आयोजनामा चितवनको नारायणगढमा अभिकर्ताहरुसँग वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कम्पनीको नारायणगढ शाखाले गरेको कार्यक्रममा चितवनका १०० जना अभिकर्ताहरुको सहभागिता थियो ।

कार्यक्रममा ज्योति लाइफका क्षेत्रीय बिक्री प्रबन्धक ईश्वरविकल सापकोटाले अभिकर्ताहरुलाई बिक्री कलाको बारेमा प्रशिक्षण दिए । कार्यक्रममा नारायणगढ शाखा प्रबन्धक सिद्धि श्रेष्ठ तथा टाँडी र कावासोतीका शाखा प्रवन्धकहरु विपन श्रेष्ठ र निषेध भट्टराईले मन्तव्य राखेका थिए ।

स्थापनाको तीन वर्षमै उत्कृष्ट सात नम्बरमा पर्न गएको ज्योति लाइफको चितवनमा मात्रै ३०० अभिकर्तासहित एक हजार ५०० बढी नागरिकले सेवा लिइरहेको बताइएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार