free website hit counter

ज्योति लाईफको वैदेशिक रोजगारी म्यादी बीमा खल्तीबाटै

beemaadmin
२०७७ चैत्र १०, मंगलवार

काठमाडौं । डिजिटल भुक्तानीलाई प्र्रोत्साहन गर्ने क्रममा वित्तीय संस्थाहरुले एकपछि अर्को सुविधा वृद्धि गर्दै अघि बढेका छन् । वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने वैदेशिक रोजगारी म्यादी जीवन बीमा अब ज्योति लाईफबाट विद्युतिय माध्यमद्वारा जारी गर्न सकिने भएको छ । शुरुवाती दिन देखि नै प्रविधिमैत्री सेवाहरु विस्तार गर्दै अईरहेको उक्त कम्पनीले खल्ती डिजिटल वालेटसंग सहकार्य गर्दै मोबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था सुचारु गरेको हो ।
यस सेवा मार्फत सेवाग्राहीले काउन्टरमा गई बीमाशुल्क भुक्तानी गरी बीमालेख जारी गर्नुपर्ने झन्झटबाट मुक्त भई सम्पूर्ण बिमितहरुको समयको बचत हुने कुरामा कम्पनी विश्वस्त रहेको कम्पनीका कार्यकारी प्रमुख प्रकाश विक्रम खत्रीले बताए ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार