free website hit counter

ज्योति विकासले थप्यो एकै दिन दुई शाखा

beemaadmin
२०७८ चैत्र २४, बिहीबार

काठमाडौं । ज्योति विकास बैंकले २०७८ साल चैत्र २३ गते बुधबार इलाम र कञ्चनबारीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ​। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको हो।

इलाम नगरपालिका ७( इलामबजारस्थित इलाम शाखा र विराटनगर महानगरपालिका ३, मोरङस्थित कञ्चनबारी शाखाको समुद्घाटन बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काले गर्नुभएको थियो। उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु,बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको उपस्थिति रहेको थियो। यसका साथै बैंकले चैत्र २३ गतेकै दिनबाट लमजुङ्ग बेसीशहर स्थित नयाँ शाखा पनि संचालनमा ल्याएको छ।

नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले इलाम र कञ्चनबारी शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै त्तच् ऋयमभ, निस्शुल्क डलर कार्ड जारी, निस्शुल्क डिम्याट खाता, निस्शुल्क मेरोसेयर रजिस्ट्रेशन, निस्शुल्क डेबिट कार्ड, निस्शुल्क मोबाईल बैंकिंग सेवा, निस्शुल्क इन्टरनेट बैंकिंग सेवा , सबै मुद्दती निक्षेपहरुमा साप्ताहिक रमासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०।२५५ छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।

 

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार