free website hit counter

टाटा नेक्सनले उपहारै उपहार

beemaadmin
२०७६ फाल्गुन ८, बिहीबार

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले गत वर्ष नेपाली बजारमा ल्याएको टाटा नेक्सन नेपाली बजारमा अत्याधिक लोकप्रिय बन्न पुगेको छ । बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै सिप्रदी ट्रेडिङ्गले यस हप्ता रातो रङको नेक्सन गाडीको खरिदमा बिभिन्न किसिमका उपहार योजना ल्याएको छ ।

उक्त योजना अन्तर्गत मोवाइल फोन, ४० इन्च एचडी टिभी, वासिङ्ग मेसिन तथा डबलडोर रेफ्रिजेरेटर मध्ये कुनै एउटा रोजेर लैजान सकिनेछ । उक्त योजनामा सहभागी भई भरपुर फाईदा उठाउनुहुन सिप्रदीले अनुरोध गरेको छ । साथै यो योजना यस हप्ता९ यो बुधबार ७ फाल्गुन देखि अर्को बुधबार १४ फाल्गुन सम्मको लागि मात्र लागु हुने जनाएको छ ।

टाटा नेक्सन ग्लोबल एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो । यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्र राखिएको प्रविधिमा विशेष ध्यान पुर्याइएको छ । २०९ एम एम ग्राउन्ड क्लियरेन्स र डुअल फ्रन्टल एअरब्यागहरू जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्दछ । एरोडाइनमिक सिलुएट भएको र स्पोर्टी डिजाइन रहेको टाटा नेक्सन पाँच वटा भेरियन्टहरूमा उपलब्ध छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार