free website hit counter

टेस्ला क्लिनिकमा नबिलका ग्राहकलाई बिशेष छुट

beemaadmin
२०७६ फाल्गुन २८, बुधबार

काठमाडौं । ग्राहकलाई दिने सुविधा विस्तारमा लागेको नबिल बैंक र टेस्ला डाईगोनोस्टिकबीच सहकार्य गर्ने बिषयमा सम्झौता भएको छ । सम्झौता अनुसार अब नबिल बैंकका ग्राहक, कर्मचारी र कर्मचारी निकट परिवारले क्लिनिकका विभिन्न सेवामा विशेष सहुलियत प्राप्त गर्ने भएका छन् । सम्झौतामा क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठ तथा नबिल बैंकका कार्ड शाखा प्रमुख सनत पौडेलले हस्ताक्षर गरे ।

अब नबिल बैंकका सेवाग्राहीले क्लिनिक सेवामा  बिशेष सहुलियत प्राप्त गर्नेछन भने यस बाहेक बैंकको स्वास्थ्य सचेतनामा  क्लिनिकले सहकार्य गर्ने भएको छ । बालुवाटारमा अवस्थित क्लिनिक मा सुलभ खर्चमा स्तरीय सेवा प्राप्त गर्न सकिने र स्वास्थ क्षेत्र उदारानिय सेवा परिस्कृत गर्ने उद्देश्यले स्थापित क्लिनिकले देशको ठूलो जनसंख्या समेटेको नबिल बैंकसँग सहकार्य गरेको हो ।

सम्बन्धित समाचार