free website hit counter

ट्रमा र वीर अस्पतालमा आजदेखि बिहान ८ बजेबाट सेवा सुरु

beemaadmin
२०८० श्रावण १, सोमबार

काठमाडौं । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आजबाट बिहान ८ बजेदेखि सेवा सुरु हुने भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स कार्यकारी परिषदको बैठकले साउन १ गतेबाट लागू हुने गरी अस्पतालको सेवा ८ बजेदेखि नै सुरु गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा बिहान ८ बजेदेखि सेवा सुरु हुने वीर अस्पतालका कार्य निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए। अब शल्यक्रिया सेवा बिहान ८ बजेदेखि नै सुरु हुने छ भने ९ बजे अगावै ओपिडी सेवा सुरु हुने छ। टिकटको समय बिहान ७ बजेदेखि २ः३० सम्म कायम गरिएको छ। ओपिडीका कर्मचारीहरु बिहान ८ः१५ भित्र पुगिसक्नुपर्ने छ। कार्यकारी परिषदको यो निर्णयसँगै वीर अस्पतालमा साउन १ गतेदेखि ओपिडी सेवा पनि बिहान ८ बजेदेखि नै सुरु हुने छ। अस्पतालमा हाल बिहान ९ देखि ५ बजेसम्म कार्यालय सेवा हुँदै आइरहेको छ। अस्पतालमा ९ बजेदेखि सेवा हुँदा चिकित्सक लगायतका कर्मचारीहरु आउने क्रममा बढी सवारी जाममा पर्ने समस्या देखिएकाले बिरामीलाई छिट्टै र सहज रुपमा सेवा दिन समय तालिका परिवर्तन गरिएको न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतले जानकारी दिए। यसैगरी राष्ट्रिय ट्रमा सेन्टरमा पनि अब शल्यक्रिया सेवा बिहान ८ बजेदेखि नै सुरु हुने छ भने ८ः१५ बजे अगावै ओपिडी सेवा सुरु हुने छ।

सम्बन्धित समाचार