free website hit counter

ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम

beemaadmin
२०७६ मंसिर २९, आईतवार

काठमाडौँ । ट्राफिक चेतनाको अभावमा सडक दुर्घटना बढिरहेको तथ्यांक आइरहेको बेला राष्ट्रिय वाणिज्य बैङ्कका कर्मचारीलाई सम्भावित दुर्घटनाबाट जोगिन र अरुलाई पनि जोगाउन उपयोगी हुने ट्राफिक सचेतना कक्षा दिइएको छ । सडक प्रयोगकर्ता सबैले जान्नु पर्ने ट्राफिक नियम, सडकमा अपनाउनुपर्ने सावधानी, दुर्घटना हुनसक्ने सम्भावित कारण लगायतका विषय सामग्री समावेश गरी राष्ट्रिय वाणिज्य बैङ्क, प्रधान कार्यालयका दुई सय ५० भन्दा बढी कर्मचारीलाई ट्राफिक सचेतना कक्षा दिइएको हो । प्रहरी प्रधान कार्यालयले ट्राफिक सेवामा करिब तीन दशक काम गरिसकेका पूर्व प्रहरी निरीक्षक सीताराम हाछेथुलाई यस्ता सचेतना कक्षामा स्वयंसेवकका रुपमा खटाएको छ । समुदाय प्रहरी साझेदारीअन्तर्गत ट्राफिक सम्बन्धी स्वयंसेवकका रुपमा खटाइएका हाछेथु विभिन्न कलेज, विद्यालयका विद्यार्थीलाई ट्राफिक ज्ञान दिदैँ आएका छन् ।
सडक प्रयोगकर्ताको सानो लापरवाहीले ठूलो दुर्घटना निम्तिन सक्छ । दुर्घटनाको परिणाम जो सूकैको जीवनमा भयावह हुन सक्छ । काठमाडौँ उपत्यकामा प्रतिमहिना सरदर २२ जनाको मृत्यु दुर्घटनाकै कारण हुने गर्दछ । नेपालमा प्रतिदिन सरदर ७ जनाको मृत्यु दुर्घटनाकै कारण हुने गरेको पाइन्छ । सडकमा एक जनाले गरेको गल्तीको परिणाम कयौँले भोग्नु परेका उदाहरण पनि प्रशस्त छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार