free website hit counter

डब्लुएचओलाई चीनकाे दुई अर्ब अमेरिकी डलर सहयोग

beemaadmin
२०७७ जेष्ठ ६, मंगलवार

एजेन्सी । चिनसँग नजिकिएको भन्दै अमेरिकाले सहयोग रोक्ने निर्णय गरेपछि आर्थिक समस्यामा पर्ने अनुमान गरिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई चीनले दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ । चिनियां राष्ट्रपति सि चिनफिङले सो रकम दुई वर्षभरीमा कोरोनाभाइरस विरुद्ध लड्नका लागि प्रदान गर्ने निर्णय भएको बताएका छन् । विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सिले कोरोनाभाइरस सम्वन्धी सम्पुर्ण विवरण चीनले डब्लुएचओ र अन्य देशहरुलाई उपलब्ध गराउने पनि जानकारी दिए । त्यसका साथै उनले विश्वभर फैलिरहेको महामारीविरुद्धको लडाईमा चीनले विश्वसंग सहकार्य गर्ने बताए । विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएकाले त्यसको नियन्त्रण तथा न्युनिकरणका लागि उक्त सहयोग खर्च हुनेछ । चिनियां राष्ट्रपति सिले भनेका छन्, चीन कोरोना भाइरसको नियन्त्रण र उपचारसम्वन्धी आफ्ना अनुभव सबैलाई बांड्न चाहन्छ, त्यतिमात्र होईन हामीले हाम्रो श्रोत र शक्ति पनि वितरण गर्न चाहन्छौं ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार