free website hit counter

डलरको मूल्य ऐतिहासिक उचाईमा

beemaadmin
२०८१ मंसिर १८, मंगलवार

काठमाडौं । मंसिर १८ गते, मंगलबार, नेपाली बजारमा डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन डलरको मूल्यले मंसिर ७ गतेको रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो। नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३५ रुपैयाँ ८२ पैसा रहेको छ भने खरिददर १३५ रुपैयाँ २२ पैसा रहेको छ। मंसिर ७ गते डलरको यस्तो दर क्रमशः १३५ रुपैयाँ ५० पैसा र १३४ रुपैयाँ ९० पैसा थियो। त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ३४ पैसा र बिक्रीमा १४२ रुपैयाँ ९७ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६९ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ३७ पैसा र बिक्रीमा ९६ रुपैयाँ ८० पैसा पाइन्छ। यस दिन कतारी रियाल एकको खरिदमा ३७ रुपैयाँ ८ पैसा र बिक्रीमा ३७ रुपैयाँ २४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रुपैयाँ १५ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन ३० रुपैयाँ ३२ पैसा र बिक्रीमा ३० रुपैयाँ ४५ पैसा पाइन्छ।

सम्बन्धित समाचार