free website hit counter

डा. देवकोटाकी पत्नीलाई कसले दियो सास्ती ?

beemaadmin
२०७६ मंसिर ४, बुधबार

वरिष्ठ न्युरो सर्जन तथा पूर्वमन्त्री उपेन्द्र देवकोटाले जीवनको अन्तिम कालखण्डमा एउटा रहरलाग्दो ठाउँ दरबारमार्गको महेन्द्र शालिकअगाडि उडल्याण्ड होटल सँगैैको घर किने । नियमित पाइराखेको भाडा केही समयसम्म खातामा आउँथ्योे । उनको निधन भयो । केही समय परिवार शोकमा रह्यो । शोकपछि नियमित काममा फर्केकी पत्नी मधु दीक्षितले खाता खालि देखेपछि पसलधनीलाई खोजिन् । पसलधनी थिए अघिल्लो अर्थात् संविधानसभाकालको संसद्का क्याण्टिन सञ्चालक बागलुङका सञ्जय अधिकारी । त्यो बेला तत्कालीन माओवादीका दीनानाथ शर्मादेखि जनमोर्चाका परी थापाहरू समेतलाई सहमत गराएर क्यान्टिनको ठेक्का पार्नेदेखि मूल्य बढाउनेसम्मको खेल भएको थियो । बैठकको खाना, खाजाका बिलसमेत संख्यादेखि दर बढाएर ठूलो घोटाला हुने गरेको हो ।

अधिकारीलाई दीक्षितले भेटेपछि अनेक बहानामा टार्दै र सम्पर्कविहीन हुँदै जान थाले । जेठमै करार अवधि सकिएको, भाडा नतिरेको उल्टै आफैं घरधनी बनेर भारतीय नागरिकलाई मासिक २ लाख भाडा लिनेगरी तल्लो तलामा रेमण्ड चश्मा पसल चलाउन दिएको, माथिल्लो तलामा अनलाइन र पत्रिकाको कार्यालय तथा साइडमा अर्को पसल राखेर भाडा उठाई आफैं खाने गरेको, डान्सबारबाट समेत पैसा उठाएको भन्दै दीक्षितले उजुर गरिन् । दरबारमार्ग प्रहरीले बोलाएको छ, आउला भनी टार्दै गयो । त्यसपछि पुगिन् वडा कार्यालय । वडाले झन् टेरेन ।

महानगरपालिकामै पुग्दासम्म न भाडा उठ्यो न घर खाली नै भयो । आफ्नै घरमा यस्तो माथापच्ची गर्नुपरेपछि गृहसचिव प्रेमकुमार राईकोमा पुगेर कथाव्यथा सुनाइन् । आफ्नै घरमा यसरी व्यापारीको राज चलेको, वडा, महानगरपालिका र दरबारमार्ग प्रहरीले नटेरेको कुरा सुनेपछि राईले आलम शैलीका व्यक्ति अनेक आवरणमा जहाँतहीँ भएको भन्दै प्रहरीको सातो लिए । उपत्यका डिआइजी शैलेश थापा क्षेत्रीलाई फोन गरेर तत्काल त्यो पसलमा ताला लाइदिनू र चाबी मधु दीक्षितलाई दिनू भन्ने आदेश दिए । यो लामो घटनाक्रमपछि आइतबार प्रहरीले ताला लाइदियो र चाबी दीक्षितलाई दियो । तर, अधिकारीले अस्ति सोमबार साँझ दलबलसाथ पुगेर ताला फुटाए । र, घरधनी छिर्न नपाउन् भनी अर्काे ताला ठोकिदिए । कुरा गृहमन्त्रीसम्म पुगे पनि सचिवले नै प्रहरीलाई कार्यान्वयन गरी नतिजा निकाल्न निर्देशन दिएको अवस्था हो यो ।

(साप्ताहिक जनआस्थाबाट)

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार