free website hit counter

डिप्रेसन के हो ? कसरी जोगिने ?

beemaadmin
२०७७ जेष्ठ २६, सोमबार

 

मान्छेलाई चिन्ता पार्ने विषय ठूलो चाहिँदैन । तर अहिले त झन विश्व नै आतंकित छ । त्यसैले त मानिसमा डिप्रेसन बढ्दो छ । त्यसको प्रमाण हो लकडाउन शुरु भएपछि जीवनदेखि निराशा छाएर जीवन त्याग गर्नेहरुको संख्या अत्यासलाग्दो गरी बढ्नु । दिनभरमा हामी कुनै न कुनै कुराले चिन्तित हुन्छौं । करियरको कुराले, पैसाको कुराले, विफलताको कुराले, साथीभाईको कुराले, शारीरिक रोगको कुराले, छोराछोरीको कुराले, परिवारको कुराले । मानविय जीवनमा चिन्ता हुनु स्वभाविक हो । हामी चेतनशिल छौं, चिन्ता हुन्छ नै । तर, जब चिन्तालाई व्यवस्थापन गर्न सक्दैनौं, त्यसले हामीलाई मानसिक रोगी बनाउँछ । किनभने चिन्ता एक किसिमको मानसिक विकार हो । नेपालीमा उखान नै छ, चिन्ताले चितामा पुर्‍याउँछ । अर्थात चिन्ताले शरीरलाई जिर्ण र रोगी बनाउँछ । यसले हामीलाई सामाजिक जीवनबाट अलग गराउँछ । के विश्लेषण गरिएको छ भने, अबको केही बर्षपछि विश्वको सबैभन्दा ठूलो शारीरिक समस्यामा चिन्ता वा डिप्रेसन देखापर्नेछ ।
चिन्ताको गहिरो रुप डिप्रेसन हो । डिप्रेसन मानसिक समस्या हो । न यसको उपचार औषधीले मात्र संभव छ । न शल्याक्रिया गरेर नै । किनभने मानसिक व्यवस्थापन नै यसको सबैभन्दा प्रभावकारी विधि हो । तर, चिन्ताग्रस्त व्यक्तिलाई मानसिक रुपले ठिकठाक आवस्थामा ल्याउन सजिलो भने छैन ।

के हो डिप्रेसन ?
डिप्रेसनको परिबेश त्यतिबेला हुन्छ, जब हामी जीवनका हरेक आयामहरुलाई नकारात्मक दृष्टिकोणले सोच्न थाल्छौं । जब यो चरम अवस्थामा पुग्छ, मानिसलाई आफ्नो जीन्दगी बेकार लाग्न थाल्छ र बिस्तारै विस्तारै मानिस डिप्रेसनको स्थितिमा पुग्छ । चिन्ता र तनावका कारण शरीरमा कति हार्मोन्सको तह बढ्छ, जसमा एड्रिनलीन र कार्टिसोल प्रमुख छन् । लगातार तनाव र चिन्ताको स्थिति बिस्तारै डिप्रेसनमा परिणत हुन्छ ।

डिप्रेसनका मनोवैज्ञानिक लक्षण

१. निरन्तर चिन्ता लिनु

२. स्वास्थ्यको विषयमा चिन्तित रहनु

३. नकारात्मक विचार मनमा आउनु

४. भ्रामक विचार मनमा आउनु

५. काममा मन नलाग्नु

६. स्वभाव चिडचिडा हुनु

७. सानोतिनो कुरामा रिस उठ्नु

८. मनस्थितिमा परिवर्तन

९. पागल जस्तो व्यवहार गर्नु

१०. एक्लै बस्न मन पराउनु

११. नराम्रो सपना देख्नु

१२. कहिल्यै खुशी हुन नसक्नु

१३. कम बोल्नु

१४. डर लाग्नु

 

डिप्रेसनका शारीरिक लक्षण

१. टाउको दुख्नु

२. मुटु काँप्नु

३. खाना निल्नमा समस्या

४. उल्टी आउनु

५. बारम्बार बाथरुम जानु

६. शरीर पहेँलो हुनु

७. श्वास प्रश्वास छोटो हुनु

८. रिंगटा लाग्नु

९. मांसपेशीमा दुखाई

१०. मुटुको धड्कन बढ्नु

११. शरीर काँप्नु

१२. पसीना आउनु

१३. ब्लड प्रेसर घटबढ हुनु

१४. थकावट हुनु

 

डिप्रेसनको उपचार

डिप्रेसन भएको बेला मानिसलाई लाग्छ कि उसको जिन्दगी अब खत्तम भयो । यस्तो नकारात्मक सोचबाट बाहिर निस्किने उपायहरु के छन् त, यसको चर्चा गरौं ।

१. विषयबाट ध्यान हटाउने

यो योजना वा रणनीतिमा व्यक्ति आफूलाई डिप्रेसनमा पार्ने स्थिति वा समस्याबाट आफ्नो ध्यान हटाउँछ, र अरु काममा आफूलाई व्यस्त राख्ने प्रयास गर्छ । त्यो समस्याको बारेमा सोच्न पनि छाडिदिन्छ जसले गर्दा व्यक्तिलाई शान्ति मिल्छ ।

२. डिप्रेसनको कारण थाहा पाउने

यदि तपाईं डिप्रेसनको समाधान निकाल्न चाहने हो भने सबैभन्दा पहिले डिप्रेसनको कारण पत्ता लगाउने प्रयास गरौं । त्यसपछि यसलाई कतै लेख्न सकिन्छ । त्यसपछि सोचौं कि यो समस्याको के समाधान हुन सक्छ । यदि सम्भव छ भने चाँडोभन्दा चाँडो समस्याको हल खोज्ने प्रयास गरौं ।

३. भविष्यको चिन्ता नलिने

‘भोलि के होला ?’ भन्ने सोचले चिन्तालाई बढावा दिन्छ । त्यसैले सँधै आजको लागि बाँचौं किनकी वर्तमान नै वास्तविकता हो, र वर्तमानमा राम्रो गर्ने कोशिष गरौं । यसो गर्दा भविष्य आफसेआफ ठीक हुन्छ । हाम्रो हरेक दिन र हरेक पलले हामीलाई केही न केही नयाँ कुरा सिकाउँछ र समस्यासँग लड्न सिकाउँछ ।

४. चिच्याउने

केही व्यक्तिहरु अत्यधिक तनावको समयमा जोड जोडले चिच्याउने गर्छन् । यो तनावपूर्ण वा कष्टदायी स्थितिबाट मुक्ति पाउने सबैभन्दा राम्रो तरिका हो । मनोविज्ञानले पनि तनावपूर्ण स्थितिमा चिच्याउनुलाई राम्रो मान्छ ।

५. गीत सुन्ने

गीत सुनेर पनि तनाव वा दवावबाट क्षणिकरुपमा मुक्ति पाउन सकिन्छ । गीत सुन्दा व्यक्तिले आफूलाई तरोताजा महसुस गर्छ ।

६. भावनाहरु सेयर गर्नु

तनाव कम गर्ने एउटा तरिका भनेको आफ्नो मनका कुरा अरुसँग सेयर गर्नु पनि हो । आफ्ना नजिकका साथीभाई, आफन्तसँग व्यथा पोख्दा मन हलुंगो हुन्छ ।

७. नशाबाट जोगिने

तनावमुक्त हुने नाममा धेरै व्यक्तिहरु रक्सी चुरोटको सहारा लिन पुग्छ । तर, यसले उनीहरुलाई उल्टो हानी गर्छ । डिप्रेसनमा भएका व्यक्तिहरुले नशालु चिजहरुबाट सँधै टाढै बस्नुपर्छ ।

८. प्राणायाम

यदि तपाई टेन्सन र डिप्रेसनबाट मुक्त हुन चाहने हो भने दैनिक प्राणायाम गरौं । यस योगबाट टेन्सन, स्ट्रेस वा डिप्रेसन कम हुन्छ र बुद्धि तेज हुन्छ ।

९. हास्ने कला सिक्ने

हास्नु पनि तनाव कम गर्ने एउटा महत्वपूर्ण अष्त्र हो । हाँस्नाले हामीभित्र एन्डाफिर्न हार्मोन्सको मात्रा बढ्छ र यसले हामी रिल्याक्स महसुस गर्छौं ।

१०. एक्लै नबस्ने

एक्लोपना डिप्रेसनको एउटा प्रमुख कारण हो । यदि तपाईंको परिवारमा कोही डिप्रेसनबाट पीडित छ भने जति सकिन्छ उसँग समय बिताउनुस । अत्यधिक डिप्रेसनको अवस्थामा मानिसहरुमा आत्महत्याको विचार आउने गर्छ । त्यसैले उसलाई सकभर एक्लै छोड्नु हुँदैन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार