free website hit counter

डिप्रेसनमा सन्दिप

beemaadmin
२०७९ पुष १९, मंगलवार

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेमा मानसिक समस्या देखिएको छ । नाबालिगको बलात्कार आरोपमा पक्राउ परेका सन्दिपलाई डिप्रेसन भएको हो । नाबालिगमाथि बलात्कारको मुद्दा खेपिरहेको अवस्थामा लामिछानेको मानसिक अवस्था बिग्रदै गएको छ । जसकारण सोमबार केन्द्रीय कारागारमै गएर बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले उनलाई मनोपरामर्श दिएकी छिन् । विगत केहि दिनदेखि लामिछानेको बोली व्यवहारमा केहि भिन्नता आएको थियो। सोहि कारण बरिष्ठ मनोपरामर्शविदलाई परामर्श दिन लगाइएको थियो । लामिछानेमा नकारात्मक सोचाइ बढेको सन्दिपका वकिल सरोज कृण्ण घिमिरेले बताए । उनको अवस्था सोचेभन्दा पनि खराब रहेको र अब नियमित काउन्सिलिङ चाहिएको बताइएको छ । तर कारागारमा काउन्सिलिङका लागि छुट्टै कोठाको व्यवस्था नभएको र प्रभावकारी काउन्सिलिङ दिन गाह्रो भएको पनि उनले जानकारी दिए। १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सन्दीपलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षकोलागि थुनामा पठाउन आदेश दिएकाले हाल उनी सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार