free website hit counter

डिशहोम लक्की ड्रमा एक लाखका बिजेता

beemaadmin
२०७६ फाल्गुन ९, शुक्रबार

काठमाडौं । डिशहोमले ‘डिशहोममा डिलर दाइको डिस्काउन्ट’ नामक योजना अन्तर्गत माघ २७ गते देखि फाल्गुन १ गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लाइभ लक्की ड्र सम्पन्न गरेको छ ।
योजना अनुसार फाल्गुन २ गते शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १००बाट लाइभ लक्की ड्र प्रसारण भएको थियो । पहिलो लाइभ लक्की ड्रबाट बिजय भएका डिशहोमको सेटअप बक्सको केस नम्बर 02519107484, कावाशोती, नवलपरासीका सुदिप मरासिनी र 02519110650, पोखरा कास्कीकी बिनिता गुरुङ्ग लाई प्रति व्यक्ति एक लाख नगद उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।
बिजेताहरुलाई डिशहोमको तर्फबाट धेरै धेरै बधाई दिइएको छ । आउने लाइभ लक्की ड्र २०७६ साल फाल्गुन ९ गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने जानकारी गराइएको छ ।
फाल्गुन २ गते शुक्रबार देखि ८ गते बिहिबार सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई ९ गतेको लाइभ लक्की ड्रमा समावेश गरिनेछ । अधिक जानकारीको लागि देशभर रहेको डिशहोमको डिलरहरुमा सम्पर्क गर्न सकिन्छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार