free website hit counter

डेढ महिनाभित्र क्यानडामा तीन नेपालीले ज्यान गुमाए

beemaadmin
२०७७ आश्विन ४, आईतवार

काठमाडौँ । बितेका डेढ महिनाभित्र क्यानडामा तीन नेपालीको मृत्यु भएको छ। राजधानी अटोवा निवासी मान्भी श्रीवास्तव विष्टको सेप्टेम्बर १३ मा निधन भएको छ। लिस्‍नोबाट लड्दा चोट लागेकी मान्भीको निधन भएको हो। ५० वर्षीया विष्टका श्रीमान् र दुई छोरी छन्।
यसअघि अगस्त २७ मा ओटवामा बस्ने जगन्नाथ र उर्मिला ओझाका छोरा सौगातको २९ वर्षको उमेरमा निधन भएको थियो। बाथरूममा पानी सर्केर उनको निधन भएको थियो। यस्तै क्यानडाको टोरन्टो इटोविकोकमा अगस्त ११ मा भएको सवारी दुर्घटनामा ३ वर्षीय बालक रायन भट्टराईको निधन भएको थियो। रायन इटोविकोकमा आफ्ना बुबा रमेश र आमा सविना पाठकका साथ सहोदर दिदी तारासँग बस्दै आएका थिए। बाटो काट्दा उक्त दुर्घटना भएको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार