free website hit counter

डेरा खोज्न आउने सिक्री थुतेर टाप

beemaadmin
२०७७ आश्विन ९, शुक्रबार

काठमाडौं । कोठा खोज्दै पुगेका दुईजना युवाले घरधनीको सुनको सिक्री लुटेर भागेका छन् । बिहिबार साँझपख काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट नजिकै घर भएकी पवित्रा विडारी उप्रेतीको घरमा डेरा खोज्दै दुईजना युवा पुगेका थिए । भुँईतल्लामा रहेको दुईवटा कोठा मासिक १० हजार तिर्नेगरी डिल भएपछि उनीहरुले सोधे– घरमा को–को बस्छन् ?’ घरधनी पवित्राले दोस्रो तल्ला भाडामा दिएको र तेस्रो तल्लामा छोरो बस्ने जानकारी गराएपछि उनीहरुले ‘सुन, पैसा सवै नदिए राम्रो नहुने’ चेतावनी दिए । त्यसपछि उप्रेतीले डराएर १ तोलाको सिक्री फुकालेर दिइन् । सिक्री लिएपछि दुईजोर चप्पल छाडेर लुटेरा स्कुटरमा भागेको बताइएको छ । ‘घर नै लुटेको’ खबर आएपछि प्रहरी उनको घरमा पुगेको थियो ।
लुटपाटमा संलग्नहरुको खोजी भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले बताए । उनले भने– हामी खोज्दै छौं, लुटपाटमा संलग्नलाई कानुनी दायरामा ल्याउँछौं ।’ भुँईतलाको दुईवटा कोठा लकडाउनपछि खाली भएको थियो । कोठा भाडामा लगाउने लोभमा पवित्रा अनाहकमा लुटिएकी छिन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार