free website hit counter

डोल्पामा नेपाल लाइफ इन्स्योरेन्सको शाखा

beemaadmin
२०७६ कार्तिक ८, शुक्रबार

काठमाडौं । शहर केन्द्रीत बीमा कम्पनीहरुले बजारको खोजीमा दूरारजतिर पनि आँखा लगाउन थालेका छन् । लगभग ८० प्रतिशत जनसंख्या बीमाको पहुँच बाहिरै रहेको बेला नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डोल्पाको दुनैमा शाखा कार्यालय खोलेको छ । नियामक निकाय बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले सो शाखाको उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागाँईले जीवन बिमाले जोखिम बहन गर्नुका साथै बचत गर्ने बानीको पनि विकास हुने बताउनुभयो । देशव्यापी रुपमा जीवन बीमा क्षेत्रको बजार विस्तारमा नेपाल लाइफले महत्वपूर्ण योगदान पु¥याएको र डोल्पा जस्ता नेपालका अन्य दुर्गम क्षेत्रमा पनि आप्mनो सेवा पु¥याइरहेकोमा नेपाल लाइफलाई धन्यवाद व्यक्त गर्दै
अध्यक्ष चापागाँईले हिमाली जिल्लाको दुरदराजमा पुगेर न्यून आय भएका जनतालाई पनि बिमाको दायरामा ल्याउन सुझाव दिनुभएको थियो ।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले तिब्र गतिले बिमा व्यवसाय विस्तार भइरहेको परिप्रेक्षमा एक तिहाई बजार हिस्सा नेपाल लाइफले ओगट्न सफल भई देशको बिमा व्यवसायलाई बढाउन महत्वपूर्ण योगदान पुर्याउन सफल भएको बताउनुभयो ।
करिब एक तिहाई बजार हिस्सा ओगटेको यस कम्पनीको चुक्ता पूँजी जीवन बिमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ५० करोड रहेको छ भने लगानी ७७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बिमा कोष ७२ अर्ब २४ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ ।
कम्पनीले यस आर्थिक वर्षको पहिलो तीन महिनामा जम्मा ७ अर्ब ९० करोड बिमा शुल्क संकलन गरेको छ । १ लाख ३४ हजार ५ सय ६३ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका १ सय ९३ शाखा तथा उप शाखाहरू मार्फत जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार