free website hit counter

तारा एयर दुर्घटनामा ज्यान गुमाएका को–पाइलट पोखरेलका परिवारलाई ५० लाख बीमा भुक्तानी

beemaadmin
२०७९ असार १०, शुक्रबार

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लि.ले तारा एयरको विमान दुर्घटनामापरि मृत्यु भएका को–पाइलट उत्सव पोखरेलको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । पोखरेलले २०७८ चैत २८ गते युनियन लाइफ इन्स्योरेन्स पेप्सिकोला शाखामा जीवन आवरण पोलिसी अन्तर्गत बीमा गरेका थिए । युनियन लाइफ इन्स्योरेन्स पेप्सिकोला शाखाले मृतक पोखरेलका दाई उमेश पोखरेललाई ५० लाख ८ हजार ३ सय ३३ रुपैयाँको चेक हस्तान्तरण गरेको हो । पेप्सिकोला शाखाका शाखा प्रमुख खिलराज पोखरेलका अनुसार बीमा गरेको ४८ दिनपछि को–पाइलट उत्सव पोखरेलको मृत्यु भएको थियो । कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै मृतकका दाइलाई मृत्यु दाबी भुक्तानी गरेको शाखा प्रमुख खिलराज पोखरेलले बताए । उक्त कार्यक्रममा कम्पनीका डेपुटी सिइओ कविल कुमार दाहाल, प्रदेश प्रमुख हरिप्रसाद ढुङ्गाना, प्रदेश उप प्रमुख अमर श्रेष्ठ तथा सिनियर एजेन्सीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार