free website hit counter

तीन अर्बको ऋणपत्र निष्काशन गर्दै सनराइज

beemaadmin
२०७६ कार्तिक १९, मंगलवार

काठमाडौँ । सनराइज बैंकले तीन अर्बको ऋणपत्र निष्काशन गर्ने भएको छ । बुधबारदेखि जारी हुने यस ऋणपत्रको ब्याजदर १०.२५ प्रतिशत रहेको छ । यसअघि बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरिसकेको छ ।
ऋणपत्र निरन्तर उच्च प्रतिफल लिइरहने ग्राहकका लागि अति उपयोगी बैंकको दाबी छ ।

बैंकको यो ऋणपत्र सात वर्षको हुनेछ । ६–६ महिनामा ब्याज भुक्तानी हुनेछ । बैंकले ६० प्रतिशत संस्थागत र ४० प्रतिशत सर्वसाधारणलाई बिक्री खुला गर्ने जनाएको छ । यस ऋणपत्रका लागि कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ भने सो समयसम्म पर्याप्त आवेदन नपरे मंसिर १९ गतेसम्म बिक्री खुला हुनेछ । यस ऋणपत्रको निस्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटललाई तोकिएको छ ।

 

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार