free website hit counter

तीन महिनामा सलिकोको बीमा शुल्क आर्जन १ अर्ब २६ करोड

beemaadmin
२०८२ कार्तिक ३०, आईतवार

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा ऋणात्मक रहेको छ । वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा कम्पनीको नाफा २६ करोड ७३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको नाफा ८ करोड ९५ लाख रुपैयाँले घाटामा थियो । नाफा ऋणात्मक भएपनि सलिकाको अन्य अधिकाश सूचक भने बढेको छ । तीन महिनाको अवधिमा कम्पनीले समीक्षा अवधिसम्ममा कम्पनीले १ अर्ब २६ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ७७ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क ६२ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कम्पनीले ६२ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३१ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ९९ प्रतिशतले वृद्धि भएको छ । तीन महिनाको अवधिमा कम्पनीको स्पेसल रिर्जभमा २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा पनि कम्पनीको स्पेसल रिजर्भमा २ अर्ब ५५ करोड रुपैयाँ नै थियो । कम्पनीको महाविपत्ति कोषमा २३ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १७ करोड ४३ लाख रुपैयाँ र अन्य इक्विटीमा ४३ करोड ३४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा २३ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४४ करोड १६ लाख रुपैयाँ र अन्य इक्युटीमा ५३ करोड ९४ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४०.७८ रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, पीई रेसियो १४.७६ रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिसेयर नेटवर्थ २२९.४८ रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार