free website hit counter

त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवितै उद्धार

beemaadmin
२०८३ भाद्र १९, शुक्रबार

रसुवा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ ।

उद्धार गरिएका व्यक्तिमा मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जन रहेका छन् । सुरुङभित्र मानिसको आवाज सुनिएको संकेत पाएपछि नेपाली सेना तथा उद्धार टोलीले खोजी अभियान तीव्र बनाएको थियो ।

इन्जिनियरहरूले सुरुङभित्रबाट आवाज आएको संकेत पाएपछि उद्धार टोलीलाई सोही क्षेत्रमा केन्द्रित गरिएको थियो । त्यसपछि दुई जनालाई जीवितै बाहिर निकाल्न सफल भएको हो ।

उद्धार गरिएका दुवै जनाको स्वास्थ्य अवस्था तथा थप विवरण सार्वजनिक हुन बाँकी छ । सुरुङभित्र अझै केही व्यक्ति फसेको आशंका रहेकाले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले खोजी तथा उद्धार अभियान जारी राखेको छ ।

सम्बन्धित समाचार