free website hit counter

दश मिनेटको ब्रिफिङले आउला त पानीजहाज ?

beemaadmin
२०७६ मंसिर १०, मंगलवार

काठमाडौं । सरकारको मेगा प्रोजेक्टको रुपमा रहेको र प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा सपनाको रुपमा रहेको नेपाली झण्डा फहराउँदै पानी जहाज कुदाउने सपनाको प्रारम्भिक मार्गचित्र तयार गर्ने काम हुँदैछ । त्यही प्रयोजनका लागि सरकारले पानी जहाज कार्यालयको स्थापना पनि गरिसकेको छ ।

पानी जहाज सञ्चालन गर्ने मन्त्रालयको नेतृत्व अहिले रघुवीर महासेबाट बसन्त नेम्वाङमा सरेको छ । भौतिक योजना निर्माण तथा यातायामन्त्री नेम्वाङ शालिन स्वाभावका छन् । पहिलो पटक शासकीय जिम्मेवारी पाएका नेम्वाङका सामू प्रधानमन्त्रीको सपनालाई व्यवहारमा उतार्नु छ । तर प्रारम्भिक रुपमै उनले सरकारको प्राथमिकता के हो भन्ने ठम्याउन नसकेको हो कि भन्ने आभाष मिलेको छ । सोमबार मन्त्रालय मातहतका कार्यालयको ब्रिफिङ लिने क्रममा यातायात व्यवस्था विभागलाई आधा घण्टाभन्दा बढी समय दिएका मन्त्री नेम्वाङले राष्ट्रिय सपना बनेको पानी जहाज सम्बन्धी ब्रिफिङ लिन जम्मा १० मिनेट समय दिए ।

मन्त्रालय स्रोतकाअनुसार, मन्त्रीको प्राथमिकतमा नपरेर हो या मन्त्रीले छेउछन्द नपाएर हो पानी जहाजसम्बन्धी ब्रिफिङ १० मिनेटमै टुंग्याएका नेम्वाङका पालामा पानी जहाज आउला त ? मन्त्रालयका अधिकारीहरुले नै प्रश्न उठाउन थालेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार