free website hit counter

दशैंमा ४ तिहारमा २ दिन बिदा

beemaadmin
२०७७ कार्तिक ३, सोमबार

काठमाडौं । कोरोना कहरबीच यस वर्षको दशैं तिहारले छोपिसकेको छ । कहाँ कतिबेला संक्रमण हुने हो भन्ने त्रासबीचमा पनि चाडपर्वको रौनक शुरु भएको छ । यस वर्षको दशैं र तिहारको विदा छोटो अवधिको रहेको छ शनिबार बाहेक दशैं विदा ४ दिन मात्र हुने भएको छ भने तिहार विदा २ दिन मात्र हुने भएको छ ।

दशैं विदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म रहेको छ । फूलपातीको दिनदेखि एकादशीको दिनसम्म ५ दिन विदा परेको छ तर बीचमा एक दिन शनिवार रहेको छ । पहिला दशैं विदा फूलपातीको दिनदेखि पूर्णमाको दिनसम्म करिव १० दिन हुने गरेको थियो । कोरोना संक्रमणको त्रास र ५ दिनमात्र विदा हुने भएकोले राजधानीबाट टाढा घर भएकाहरु यस वर्षको दशैं सहरमा नै मनाउने तयारीमा रहेका छन् । तिहार विदा कात्तिक ३० र मंसिर एक गते रहेको छ । २९ गते शनिवार भएकोले साप्ताहित विदामा पर्छ । लक्ष्मी पूजा शनिवार परेको छ ।

कात्तिक ३० गते गाईगोरु पूजा, म्हपूजा छ भने मंसिर १ गते भईटिका र नेपाल सम्वत् ११४१ प्रारम्भ दिन हो । लगत्तै मंसिर ५ गते छटपर्व विदा रहेको छ । यी दिन देशभर राष्ट्रिय पर्वको रुपमा सार्वजनिक विदा हुने गरेको छ । त्यस्तै, विगतमा दशै, तिहार र छट पर्वअवधिभर एक महिना विदा गर्ने शैक्षिक संस्थाहरूले पनि यस वर्ष विदा कटाएका छन् । कोभिड १९ को कारण शैक्षिक क्यालेन्डर प्रभावित भएकोले स्कूल कलेजहरूले विदा कटौति गरेका छन् ।

सम्बन्धित समाचार