free website hit counter

दस अर्ब भित्र्याउने यस्तो छ तारतम्य

beemaadmin
२०७६ कार्तिक ३, आईतवार

काठमाडौं । जन्मभूमिका लगानी गरी विकासको अभियानलाई अगाडि बढाउन राष्ट्रपति लगायतका विशिष्ट व्यक्तिहरुले आह्वान गरिरहेका बेला गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले पूर्वाधार विकासका लागि १० अर्बको लगानी भित्र्याउने अभियान थालेको छ । सो अभियान अगाडि बढाउन नवनिर्वाचित अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक समिति गठन गरेको छ। सो समितिलाई एक महिनाभित्र कार्य योजना प्रस्तुत गर्ने जिम्मेवारी पनि बैठकले सुम्पिएको छ ।

बैठकले एनआरएनको संरक्षणक परिषद्को सदस्य समेत चयन गर्दै परिषद्को प्रमुख संरक्षकमा डा. शेष घले र अन्य संरक्षकमा पूर्व अध्यक्षद्वय देवमान हिराचन र जीवा लामिछाने तथा निवर्तमान अध्यक्ष भवन भट्ट र पूर्व संरक्षक रामप्रताप थापा रहने जनाएको छ। संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलाई सङ्घको उच्च वरियतामा राख्ने निर्णय गरेको छ । बैठकले ११ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।

यसैगरि एनआरएनको नवनिर्वाचित अन्तरराष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले श्रमिक कल्याणकारी कोषका लागि एक करोड छ लाख सहयोग गर्ने निर्णय पनि गरेको छ। वैदेशिक रोजगारीमा पीडितलाई सहयोग गर्ने हेतुले कोषका लागि प्रतिबद्धता जनाएको संस्थाले जनाएको छ । एनआरएनका अध्यक्ष पन्तको प्रस्तावमा नवनिर्वाचित पदाधिकारी एवं सदस्यले उक्त सहयोग रकम दिने घोषणा गरेका थिए । सो रकम निश्चित मापदण्डका आधारमा खर्च गरिने बताइएको छ ।

सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० अभियानमा सहकार्य गर्न निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा समिति बनाएको छ । त्यस्तै एनआरएनए निर्वाचन विद्युतीय पद्दतीबाट प्रत्यक्ष मतदान मार्फत गर्न र निःशूल्क सदस्यताबारे अध्ययन गर्न उपाध्यक्ष मन केसीको संयोजकत्वमा समिति गठन भएको जनाइएको छ । यसैगरि एनआरएनएको काठमाडौँस्थित सचिवालयलाई चुस्त बनाउन महासचिव डा. हेमराज शर्माको नेतृत्वमा एक समिति बनाइएको तथा संस्थाको आर्थिक प्रतिवेदन तयार गर्न कोषध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको बताइन्छ ।

बैठकले पाँच उपाध्यक्षको नेतृत्वमा पाँच विभाग (१. वैदेशिक रोजगार २. परोपकारी तथा मानवकल्याण ३. व्यापार तथा लगानी ४. पिस, ज्ञान र नवप्रवर्तन ५. नेपाल प्रवद्र्धन) निर्माण गर्ने र विभागमा अन्तरराष्ट्रिय समन्वय परिषद्का सदस्य र सम्बन्धित क्षेत्रका विज्ञ रहने व्यवस्था गरेको छ । एनआरएन विज्ञ सम्मेलनलाई निरन्तरता दिँदै दोश्रो विज्ञ सम्मेलन सन् २०२० गर्ने तथा संस्थाको आगामी क्षेत्रीय सम्मेलन मध्यपूर्वमा आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार