free website hit counter

दामनको रिसोर्ट पर्यटक मृत्यु प्रकरणले उब्जाएको प्रश्न

beemaadmin
२०७६ माघ ७, मंगलवार

काठमाडौं । मालपोत र यातायात कार्यालय बाहिर लेखापढी गर्न तालिम र परीक्षाको व्यवस्था छ । तर मानिसको स्वास्थ्य जीवनसँग जोडिएको होटल तथा रेष्टुरेन्ट खोल्न कुनै निश्चित तालिम तथा मापदण्ड छैन । खाद्य सुरक्षाको बारेमा केही जानकारी नभए पनि होटल तथा रेष्टुरेन्ट खोज्न पाइने प्रावधानले गर्दा नेपालमा खाद्य सुरक्षाको अवस्था पनि डरलाग्दो छ । त्यसमाथि होटल तथा रेष्टुरेन्टका कोठाको अवस्था कस्तो हुनुपर्छ र सुरक्षाको सम्पूर्ण जानकारी होटल सञ्चालकलाई हुनुपर्छ भन्ने ज्ञान नहुँदा भ्रमण वर्षको शुरुमै नेपाल घुम्न आएका आठ जना भारतीय पर्यटकको दुखद निधन हुन पुगेको छ ।

मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा नाइट स्टेका लागि बसेका ८ जना पर्यटकको मृत्यु पछि नेपालका होटलको सुरक्षामाथि प्रश्न उठेकोछ । यो अज्ञानमा भएको ठूलो दुर्घटना हो । यस घटनाबाट पाठ सिकेर अन्य होटल तथा व्यवसायलाई निश्चित तालिमको व्यवस्था तथा सुरक्षासम्बन्धी आवश्यक चेतनामूलक तालिमको आवश्यकता देखिएको छ ।

मंगलबार बिहान होटलमा बेहोस अवस्थामा भेटेपछि कर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई खबर गरेका थिए । लगत्तै अचेत भएका ४ पुरुष र ४ महिलासहित ८ जना भारतीय पर्यटकलाई कैलाश एयरको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको थियो । ह्याम्स अस्पतालमा पुर्याइएृका उनीहरुको उपचारका क्रममा सबैको मृत्यु भएको भयो ।

मृत्यु हुनेहरुमा ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया श्री सरीया, ५ वर्षीय बालक अभि, ७ वर्षीया अर्चना, ५ वर्षीया बालक बैष्णव र ९ वर्षीया बद्रा रहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानले कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर सुतेका कारण निसास्सिएर उनीहरुको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र खुल्ने छ । नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएको थियो । तीमध्ये २ बालक, २ बालिका, २ महिला र २ पुरुष गरी ८ जना एउटै कोठामा सुतेका थिए । यो घटनाले पर्यटकलाई सुरक्षित बनाउन पर्यटनव्यवसायी र होटल व्यवसायीलाई तालिमको व्यवस्था गर्नुपर्ने देखिन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार