free website hit counter

दारु खाएर हंगामा गरेपछि जन्ती रित्तै फर्कियो

beemaadmin
२०७७ पुष ३, शुक्रबार

एजेन्सी । जन्तीमा सालीले जुत्ता लुकाएको विषयमा झगडा परेर बेहुली नलिई जन्ती फर्किएको समाचार त बेला बेला सुनिएकै हो तर यस पटक जन्तीले मदिराका सुरमा हल्ला गर्दा बेहुलीले विवाह अस्वीकार गरेकी छिन् ।
यो मंसिरमा धेरै युवा युवतीले जोडी बनाए। बिहे गरेर धेरैलेनयाँ जीवनको शुरु गरे। यस्तै एक जोडीले बिहेको अन्तिम तयारी गर्यो। जन्ती बेहुलीको घरसम्म आयो तर बेहुली बिना नै फर्किएको हो । घटना हो भारतको उत्तरप्रदेश राज्यको पिलिभित जिल्लाको। समाचार अनुसार बिहेमा आएका जन्तीले मदिरा सेवन गरेर हंगामा गरेपछि बेहुलीले बिहे नै गर्न अस्वीकार गरिन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार कोरोना महामारीका कारण बेहुला पक्षलाई सिमित संख्यामा जन्ती ल्याउन भनिएको थियो। दुबै पक्षबीच ५० जना जन्ती ल्याउने सहमति भए पनि बेहुला पक्ष १०० भन्दा धेरै जन्ती लिएर बेहुलीको घर पुग्यो।
सहमतिभन्दा धेरै जन्ती आएपछि माइती पक्षले विरोध जनाए। यसैबीच मदिरा सेवन गरेका जन्तीले बेहुलीका काकालाई र भाईलाई पिटे। यो सुनेपछि बेहुलीले बिहे नै अस्वीकार गरिदिइन्। घटना निकै बढेपछि प्रहरीले दुबै पक्षका केहीलाई नियन्त्रणमा लिएर छोडेको बताइएको छ। बेहुलीले बिहे अस्वीकार गरेपछि बेहुला रित्तै फर्किएको समाचारमा जनाइएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार