free website hit counter

दारुमा लठ्ठ भएका चालकले लिए ड्युटीका प्रहरीको ज्यान

beemaadmin
२०७७ जेष्ठ १३, मंगलवार

काठमाडौं । कोरोनाको आतंकपछि सडमा अत्यावश्यक सवारी मात्रै गुड्छन् त्यसैले त्यस्ता सवारीको पास मात्रै हेरिन्छ लाइसेन्स र मादप पदार्थ सेवन गरे नगरेको परीक्षण नहुँदा सडकमा मादक पदार्थले लठ्ठ भएका चालकहरु सवारी लिएर निस्कने गरेका छन् । बा४ख ४३७८ नम्बरको टिपरको ठक्करबाट प्रहरी नायब निरीक्षक निमबहादुर घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार राति करिब १० बजे घर्तीलाई उक्त टिपरले ठक्कर दिएको थियो। उनको उपचारका क्रममा नर्भिक अस्पतालमा मंगलबार बिहान मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। तीब्र गतिमा दौडिरहेको उक्त टिपरले नयाँठिमी चोकमा सिआरभी ड्युटी रहेका घर्तीलाई ठक्कर दिएको थियो। उनी इलाका प्रहरी कार्यालय रूकुमकोट दरबन्दी भई महानगरीय वृत्त ठिमीमा कार्यरत थिए।
नयाँठिमी-बालकुमारी चोक बीचको रेलिङलाई ठक्कर दिँदै अनियन्त्रित भएर दौडिरहेको टिपरले घर्तीलाई ठक्कर दिएको थियो। परिसरका अनुसार उक्त टिपरका चालक भक्तपुर-३ का राकेश सैंजुले मादक पदार्थ सेवन गरेका थिए। चालक सैंजुलाई प्रहरीले पक्राउ गरेको छ। सोही टिपरको पछिपछि आइरहेको बा४ख ४७०१ नम्बरका चालक धादिङ थाक्रे-८ का राजेन्द्र प्याकुरेललाई समेत प्रहरीले पक्राउ गरेको छ। प्याकुरेलले पनि मदिरा सेवन गरेको स्वास्थ्य जाँचबाट थाहा भएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार