free website hit counter

दिनदिनै किन बढिरहेछ सुन

beemaadmin
२०८१ श्रावण ५, शनिबार

काठमाडौं । दिनदिनै आफ्नै रेकर्ड ब्रेक गर्दै सुन आकासिनेक्रम जारी छ । नेपाली बजारमा यो साता सुनको मुल्यले एक पछि अर्को गरी नयाँ रेकर्ड राख्यो । बुधबार सुन तोलाकै एक लाख ४९ हजार ५०० रूपैयाँ पुगेर ऐतिहासिक उचाइमा पुग्यो । यो मूल्य हालसम्मकै महंगो हो । यस साताको चार दिन सुनको मूल्य निरन्तर बढेको थियो । यो साता सुनको मूल्य बढोत्तरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मुल्य साताको पहिलो दिनको तुलनामा प्रतितोला ८०० रुपैयाँ बढी हो । साताको पहिलो दिन, आइतबार प्रतितोला एक लाख ४६ हजार ७०० रूपैयाँ रहेको मुल्य सोमबार एक लाख ४६ हजार ९०० रूपैयाँ पुग्यो । यसैगरी, सुनको भाउले साताको तेस्रो र चौथो दिन क्रमशः नयाँ रेकर्ड बनाएको थियो । मंगलबार सुन प्रतितोला एक लाख ४७ हजार ८०० रूपैयाँमा र बुधबार प्रतितोला एक लाख ४९ हजार ८०० रूपैयाँ पुग्यो । बुधबारसम्ममा सुन तोलामा तीन हजार १०० रूपैयाँले महंगिसकेको थियो । तर त्यस पश्चात बिहीबार, सुनको मुल्य सामान्य घटेर प्रतितोला एक लाख ४९ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो । जुन साताको पछिल्लो कारोबार भएको दिन, शुक्रबार तोलामै २ हजार रूपैयाँले गिरावट हुँदा एक लाख ४७ हजार ५०० रुपैयाँमा झर्यो ।यसैगरी, यो साता नेपाली बजारमा चाँदीको मुल्य भने सामान्य घटेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला एक हजार ८७५ रुपैयाँ रहेको थियो । चाँदीको मूल्य बुधबारसम्ममा प्रतितोला एक हजार ८९५ रूपैयाँको उचाइमा पुगेको थियो । साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रतितोला एक हजार ८३० रुपैयाँ कायम भयो। यसरी, यस साता चाँदीको मूल्य तोलामा ४५ रूपैयाँले सस्तिएको हो । यस साता विश्व बजारमा पनि सुनको मुल्य बढ्दो क्रममा रहेको छ । जसको प्रभाव नेपाली सुन बजारमा परेको हो । ब्याजदर कटौती गर्ने अमेरिकी रिजर्भ बैंक (फेड) को संकेतका कारण सुनको भाउमा वृद्धि देखिएको हो । यससँगै, राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पको कम दर र ट्यारिफको सम्भावनाले सुनको खरिद बढेको छ । जसकारण मुल्य बृद्धिमा चाप परेको बिश्लेषकहरुको भनाइ छ। विश्व बजारमा शुक्रबार सुन प्रति अउन्स २ हजार ४१२ डलर बराबरमा कारोबार भयो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार