free website hit counter

दुई कार्यकाल सफलतापूर्वक सक्याएर बिदा भए सिईओ श्रेष्ठ

beemaadmin
२०७७ श्रावण २१, बुधबार

काठमाडौं । दुई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका एशियन लाईफ इन्स्योरेन्स कम्पनीका सिईओ राजेशकुमार श्रेष्ठ बिदा भएका छन् । २०६९ साल भदौं २० गतेबाट एसियन लाइफ इन्स्योरेन्स कम्पनीको जिम्मेवारी सम्हालेका श्रेष्ठले सफलतापूर्वक ८ वर्ष पूरा गरी बिदा लिएका हुन् ।

उनको कार्यकालमा एशियनल लाईफ इन्स्योरेन्सका धेरै सूचकहरुलाई सुधार गर्ने काम गरेका थिए । उनको कार्यकालमा जीवन बीमा कोष १० गुणाले बृद्धि गर्दै कम्पनीलाई जोखिम बहन गर्न समक्ष र शसक्त कम्पनी बनाएका छन् । नयाँ बीमा कम्पनीहरुको आगमनसँगै बढेको प्रतिस्पर्धालाई सहजै स्वीकार गरेका श्रेष्ठले कम्पनीलाई आफ्नै लयमा अघि बढाउन सफल भएका थिए ।

Advertisement
Advertisement

बीमा समितिले जारी गरेको कुलिङ पिरियड सम्बन्धी अनुशासनका कारण छ महिना नपुगी अर्को बीमा कम्पनीमा जान पाउने छैनन् । उनले आफ्नो कार्यकालमा करिब ५० हजार अभिकर्ता थप गरी कूल ९० हजार अभिकर्ता, २० अर्ब थप गरी कूल २२ अर्ब रुपैयाँ जीवन बीमा कोष बनाउँदै जीवन बीमा बजारको प्रतिस्पर्धी कम्पनीसँग फाइट गर्ने पूर्वाधार खडा गरेर एशियन लाईफ इन्स्योरेन्स कम्पनीबाट विदा भएका हुन् ।

Advertisement
Advertisement

तत्कालिन महालक्ष्मी फाइनान्स कम्पनीमा सिईओ भएर काम गरेका श्रेष्ठले करिब २५ बर्ष बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव हासिल गरिसकेका थिए ।

सम्बन्धित समाचार