free website hit counter

दुई दर्जन कम्पनीले पाए आइपीओ जारी गर्ने अनुमति

beemaadmin
२०८३ जेष्ठ ४, सोमबार

चालु आर्थिक वर्षमा नेपाल धितोपत्र बोर्डले २४ वटा कम्पनीलाई प्राथमिक शेयर निष्कासन (आईपीओ) बिक्रीका लागि अनुमति दिएको छ। बोर्डका अनुसार चालु आवको चैत मसान्तसम्म ती कम्पनीलाई कुल नौ करोड ११ लाख ८७ हजार ९४६ कित्ता साधारण शेयर निष्कासन गर्न स्वीकृति प्रदान गरिएको हो।

उक्त शेयरको कुल मूल्य करिब नौ अर्ब ११ करोड ८७ लाख ९४ हजार ६०० रुपैयाँ बराबर रहेको बोर्डले जनाएको छ।

Advertisement
Advertisement

अनुमति प्राप्त कम्पनीमध्ये सबैभन्दा धेरै जलविद्युत् क्षेत्रका छन्। कुल २४ कम्पनीमध्ये १५ वटा जलविद्युत् आयोजनासम्बन्धी कम्पनी रहेका छन्। त्यस्तै, उत्पादन तथा प्रशोधन क्षेत्रका सात कम्पनीले आईपीओ निष्कासन अनुमति पाएका छन् भने विकास बैंक र होटल तथा पर्यटन क्षेत्रका एक–एक कम्पनीले पनि अनुमति प्राप्त गरेका छन्।

Advertisement
Advertisement

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाल १०३ वटा जलविद्युत् कम्पनी सूचीकृत भएर कारोबार भइरहेका छन्। आईपीओ अनुमति पाएका र अनुमति पर्खिरहेका कम्पनीहरूको सूची हेर्दा पनि जलविद्युत् क्षेत्रकै वर्चस्व देखिन्छ।

धितोपत्र बोर्डमा हाल ९८ वटा कम्पनी आईपीओ निष्कासनको अनुमति पाउन ‘पाइपलाइन’ मा रहेका छन्। आवेदन दिएका कम्पनीमध्ये ३२ वटा जलविद्युत् क्षेत्रका छन् भने होटल तथा पर्यटन क्षेत्रका १८ कम्पनी रहेका छन्।

त्यस्तै, उत्पादन तथा प्रशोधन समूहका २६ कम्पनी, लगानीसम्बन्धी पाँच कम्पनी, माइक्रो इन्स्योरेन्स क्षेत्रका तीन कम्पनी तथा अन्य समूहका १४ कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन्।

आईपीओ बजारमा जलविद्युत् कम्पनीहरूको बढ्दो आकर्षणले पूँजी बजारमा ऊर्जा क्षेत्रको प्रभाव निरन्तर विस्तार भइरहेको देखिन्छ। साथै, होटल, उत्पादन र लगानी क्षेत्रका कम्पनीहरूको सहभागिताले बजार क्रमशः विविधिकरणतर्फ अघि बढिरहेको संकेत पनि गरेको छ।

सम्बन्धित समाचार