free website hit counter

दुई दिनको मौनता तोड्दै बढ्यो सुन

beemaadmin
२०८० असार २७, बुधबार

लगातार दुई दिन स्थिर रहेको सुनको मूल्य बुधबार वृद्धि भएको छ । असार २७ गते, सुन तोलामा ३०० रुपैयाँले बढेको छ । चाँदी पनि यस दिन महंगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँ पुगेको छ । यसअघि सुन निरन्तर दुई दिन स्थिर रहेको थियो । मंगलबार सुन प्रतितोला एक लाख ११ हजार ३०० रुपैयाँ कायम रहेको थियो । बुधबार चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ४०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । मंगलबार र सोमबार भने चाँदी एकै मूल्यमा कारोबार भएको थियो । हिजो सुन प्रतितोला एक हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित समाचार