free website hit counter

दुई महिनामै बीमा कम्पनीले गरे साढे १३ अर्बभन्दा बढी दाबी भुक्तानी

beemaadmin
२०८३ आश्विन २९, बिहीबार

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ महिनामा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले १३ अर्ब ६८ करोड ६० लाख ९४ हजार रुपैयाँ दाबी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार उक्त अवधिमा ७३ हजार ६१२ वटा दाबीबापत सो रकम भुक्तानी गरिएको हो।

गत आर्थिक वर्ष २०८२/८३ को साउन र भदौमा ६५ हजार ७४५ वटा दाबीमा ११ अर्ब ५२ करोड २७ लाख रुपैयाँ भुक्तानी भएको थियो। यस वर्ष अघिल्लो वर्षको सोही अवधिको तुलनामा दाबी भुक्तानी रकम र संख्यामा वृद्धि भएको छ।

Advertisement
Advertisement

जीवन बीमामा ९ अर्ब ६९ करोड भुक्तानी

समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले ४९ हजार ७७३ वटा दाबीबापत ९ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ भुक्तानी गरेका छन्।

Advertisement
Advertisement

गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमकहरूले ४३ हजार ३६३ वटा दाबीमा ८ अर्ब २६ करोड ८९ लाख रुपैयाँ भुक्तानी गरेका थिए। यस वर्ष दाबी भुक्तानीको संख्या र रकम दुवै बढेको तथ्यांकले देखाउँछ।

निर्जीवन बीमामा ३ अर्ब ९९ करोड भुक्तानी

चालु आर्थिक वर्षको साउन र भदौमा निर्जीवन बीमा कम्पनीहरूले २३ हजार ८३९ वटा दाबीमा ३ अर्ब ९९ करोड ४ लाख रुपैयाँ भुक्तानी गरेका छन्।

गत वर्षको सोही अवधिमा निर्जीवन बीमकहरूले २२ हजार ३८२ वटा दाबीबापत ३ अर्ब २५ करोड ३८ लाख रुपैयाँ भुक्तानी गरेका थिए।

भुक्तानी हुन बाँकी जीवन बीमाका दाबी १ लाख २१ हजारभन्दा बढी

दाबी भुक्तानी बढे पनि जीवन बीमातर्फ फर्छ्यौट हुन बाँकी दाबीको संख्या र रकम उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्षको साउन र भदौसम्म १ लाख २१ हजार ६४४ वटा जीवन बीमाका दाबी भुक्तानी हुन बाँकी छन्। ती दाबीबापत ९ अर्ब ७१ करोड ९० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा ५६ हजार ५९७ वटा जीवन बीमाका दाबी फर्छ्यौट हुन बाँकी थिए। ती दाबीबापत ४ अर्ब ७५ करोड ८३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी थियो।

एक वर्षको अवधिमा भुक्तानी हुन बाँकी जीवन बीमाका दाबीको संख्या ११४ प्रतिशत र रकम १०४ प्रतिशतले बढेको छ। यसले जीवन बीमा क्षेत्रमा दाबी व्यवस्थापनको दबाब बढेको देखाउँछ।

निर्जीवन बीमामा ५७ अर्बभन्दा बढीको दायित्व बाँकी

निर्जीवन बीमातर्फ पनि भुक्तानी हुन बाँकी दाबीको संख्या र रकम बढेको छ। चालु आर्थिक वर्षको भदौ मसान्तसम्म १ लाख १४ हजार ६ वटा निर्जीवन बीमाका दाबी फर्छ्यौट हुन बाँकी छन्।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार ती दाबीबापत ५७ अर्ब ३५ करोड ८७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

गत वर्षको साउन मसान्तमा निर्जीवन बीमा कम्पनीहरूमा १ लाख ५ हजार वटा दाबी फर्छ्यौट हुन बाँकी रहेको तथ्यांकमा उल्लेख छ।

सम्बन्धित समाचार