free website hit counter

दुई वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारबाही

beemaadmin
२०८१ कार्तिक २१, बुधबार

काठमाडौँ । नियामकीय व्यवस्था तथा निर्देशन विपरित काम गरेको भन्दै दुई वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकलाई यस्तो गल्ती नदोहोर्याउन सचेत गराएको हो । इन्भेष्टमेन्ट बैंकले बैंक खाता खोल्दा तथा सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको नदेखिएकोले राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, गत आर्थिक वर्षको चौथो त्रैमासमा प्रभु बैंकले लकर रोक्का राख्न यस बैंकबाट दिइएको निर्देशन पालना नगरेको जनाइएको छ । यसअघि वित्तीय संस्था सुपरिवेक्षण विभागले सातववटा वित्तीय संस्थालाई केन्द्रीय बैंकको कारबाही गरेको जनाएको थियो । यसरी कारबाहीमा पर्नेहरूमा तीन विकास बैंक र चार फाइनान्स कम्पनी रहेका थिए । विकास बैंकतर्फ सिन्धु, साल्पा र मितेरी विकास बैंक र वित्त कम्पनीतर्फ जानकी, गोर्खाज, प्रोग्रेसिभ र रिलायन्स फाइनान्सले निर्देशन पालना नगरेको पाइएको केन्द्रीय बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार