free website hit counter

दुर्गा प्रसाईंको बीएण्डसीलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

beemaadmin
२०८१ असार ५, बुधबार

काठमाण्डौ । अन्ततः लामो समयको प्रयास, दवाबपछि दुर्गा प्रसाईको झापास्थित बीएण्डसी अस्पतालले मेडिकल कलेजको सम्बन्धन पाएको छ ।
मंगलबार बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगको १४ औं बैठकले बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको हो । बैठकले सर्वोच्च अदालतको आदेशअनुसार बीएण्डसीलाई सम्बन्धन दिने निर्णय गरिएको आयोगका अधिकारीहरुले जनाएका छन् । यसअघि २०८० चैत १२ गते सर्वोच्च अदालतले दुर्गा प्रसाईंको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन आदेश दिएको थियो । त्यसपछि जेठ १४ गते सर्वोच्चले १५ दिनभित्र सम्बन्धन दिने व्यवस्था मिलाउन भन्दै काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका नाममा अर्को आदेश जारी गरेको थियो । यही आदेशका आधारमा जेठ २७ गते बसेको काठमाण्डौं विश्वविद्यालयको कार्यकारी समितिको बैठकले चिकित्सा शिक्षा आयोगलाई बीएण्डसी अस्पताललाई सम्बन्धन दिनका लागि सिफारिस गर्दै पत्र लेखेको थियो । सोही पत्रको विषयमा छलफल गरी अदालतको आदेशलाई समेत आधार मानी मेडिकल कलेजको सम्बन्धन दिइएको आयोगले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार