free website hit counter

दु्ई दिनपछि सुनको भाउ बढ्यो

beemaadmin
२०७९ आश्विन २६, बुधबार

काठमाण्डौ । दुई दिनमा २ हजारले ओरालो लागेको सुन तेस्रो दिन उकालो लागेको छ । नेपाली बजारमा बुधबार सुनको भाउ उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९४ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजा ७०० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार २१५ रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित समाचार