free website hit counter

देउवा दम्पती उपचारका लागि सिंगापुरमा

beemaadmin
२०८२ कार्तिक ११, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हिजो राति सिंगापुर पुगेका छन्। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवा पत्नी आरजु राणासहित थप उपचारको लागि सिंगापुर गएका हुन्। देउवा दम्पती सोमबार राति सिंगापुर एयरलाइन्समार्फत गएका हुन्। गत भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो। त्यसपछि करिब एक महिना छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका थिए। उपचारका क्रममा देउवाको गर्दनमा १२ टाँका लगाइएको कांग्रेस नेताहरुले जानकारी दिएका छन्।

सम्बन्धित समाचार